जोखिममा पाल्पाको ‘रानीमहल’

ranimahalपाल्पा, भदौ १ गते  ।  बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ ।
राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुराताŒिवक हिसाबले महŒवपूर्ण मानिन्छ ।  पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ ।
१२३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गँैडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यस क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो ।  हराभरा  सुन्दर, शान्त एवं मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ ।
धीरशमशेरका सत्र भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको वि.सं. १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्था नजिकै आएको छ ।  महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्नसक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउनुहुन्छ ।  भारतको आग्रामा राजा शाहजहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरूप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् ।
“रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेका छन्, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्न सक्नेछ ।  पहिरो पहिलाझैँ रानीघाटलाई छलेर दायाँबायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल सङ्कटमा पर्न सक्छ”, उहाँको अनुमान छ ।
सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जति बेला पनि त्यो थुम्को खस्नसक्ने देखिन्छ ।  सडक विस्तारका क्रममा जथाभावी माटो फालेपछि खोलाले बगाएको माटोले समेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताउनुभयो ।
करिडोर सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ ।  
विश्वमै विरलै बहने उत्तर वाहिनी नदीका रूपमा रहेको कालीगण्डकी नदी भएकाले समेत यस क्षेत्रको महŒव अझै रहे पनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाई समेत असर पर्नेछ ।
ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथी स्थल आदि भग्नावशेष मर्मत भएका छन् ।  खड्गशमशेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रूपमा रहेको छ ।
ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशमशेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ ।  तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशमशेरका कोठीहरूले राणाकालीन कला संस्कृतिको बेजोड नमुना प्रस्तुत गर्छन् ।
दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन् ।  तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई  मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् ।
युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका  रूपमा लिन्छन् ।  प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौँ युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् ।  युवा पुस्ता ताजमहलप्रति निकै  आकर्षित हुँदै आएको स्थानीयवासी ताराबहादुर श्रेष्ठले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना