काभे् बस दुर्घटना ःकसैको परिवार टुट्यो, कोही बाँचे

मधुसुधन तिमल्सिना, काभे्र, साउन ३२ गते । गोठपानी गाविस–२ का रेशम वि.क भूकम्प पीडितलाई सरकारले दिएको रकमबाट घर बनाउने सोच सहित सोमबार विहान–५ बजे ललितपुरको गोदावरीस्थि कोठाबाट निस्कनुभएको थियो ।
तर उहाँको सपना विर्ता देउराली–९ खहरे खोलामा भएको बस दुर्घटनाले चकनाचुर पारेको छ । उहाँको नयाँ घर बनाएर त्यसमा छोरा र श्रीमतीलाई राख्ने सपना अब सधैका लागि अन्त भएको छ ।
२०७२ साल बैशाख १२ को भूकम्पले घर भत्केपछि उहाँ कमाउनका लागि काठमाडांै आउनु भएको उहाँका कान्छो भाई यज्ञबहादुरले बताउनुभयो ।
आइतबार बेलुका दाजुसँग गरेको कुरा सम्झदै भाई यज्ञले भन्नुभयो, कान्छा म त भोलि गाँउ जाने भए भूकम्प पीडितको पैसा आउँछ रे, तँ जानी भए हिँड भन्नुभयो ।
तर मैंले जान नसक्ने तर अरु दाईहरू पनि जाने भनेका छन उनीहरुलाई सम्पर्क गर्नु र सँगै जानुभनेको थिए । बनेपामा पोष्मार्टमका लागि लाश ल्याएपछि आउनुभएको उहाँ दाईको मृत्युको खबरले घरमा शोकाकुल भएको बताउनुभयो ।
धनबहादुर र रमण दाई पहिलो बसमा चढ्नुभएछ तर रेशम दाईले नभ्याएपछि दोस्रो बसमा चढ्नुभयो । उहाँले घट्नापछि दाईको मोवाइलमा फोन लागेको बताउनुभयो । सोमबार ३ बजे घट्नाबारे सुनेपछि मलाई त सपना हो कि विपना हो जस्तो भएको छ, दाईको तीन बर्षको छोरा र भाउजु मात्र हुनुहुन्छ आर्थिक अबस्था कमजोर भएपछि कमाउनका लागि उहाँ काठमाडौ जानुभयो ।
भूकम्पले घर भत्केपछि छहरामा बस्दै आएको छौ । ५ दाजुभाईहरु सबै भिन्नै बसेको यज्ञले बताउनुभयो । गाविसमा पनि भूकम्पपीडितको पैसा बाँडने अन्तिम अन्तिम भन्ने खबर आइरयो त्यसैले पनि दाईहरू हतारहतार गदै जानुभएको थियो ।
प्रायः एउटा मात्र बस चल्न थालेको र मौसम समेत सफा भएपछि काठमाडौमा मजदुरी गर्नेहरु भूकम्पपीडित सम्झौता गर्न गाँउ गएका थिए ।
अधिंकाश मृत्यु हुनेहरूमा भूकम्पपीडित आवास अनुदान सम्झौता गर्न आउने परेको कातिके देउराली–८ का अकुंर दुलालले बताउनुभयो । हाम्रो गाविसको ७ नम्वरको सम्झौता गर्न शुरु गर्ने भनेको थियौ उहाँले भन्नुभयो त्यसै अनुसार काठमाडौबाट समेत आएका थिए । उहाँका अनुसार कातिकेदेउरालीमा मात्र ११ जनाको मृत्यु भएको बताउनुभयो ।
अर्काे जन्म पाइयो
कतारबाट आएको ५ दिनपछि घर जान लाग्नुभएका रामेछाप जिल्ला गुनसिभदौरे ७ ददिलाल चौलागाईको परिवार नै अहिले धुलिखेल अस्पतालमा उपचारमा रहेको छ ।
श्रीमती र छोरी सहित गाँउ जान लाग्नुभएको चौलागाईको परिवार घर पुग्न नपाइ अस्पतालको बेडमा उपचारको लागि आएका छन ।
कतारमा २६ महिना बसेर नेपाल आउनुभएको चौलागाई छिटो घर पुगेर आमाबाबुलाई भेट्ने चाहान तत्काल पूरा हुन सकेन । बिदेशबाट आफू आउनेभएपछि श्रीमतीलाई फोन गरेर लिन बोलाएको र एक दुई दिन काठमाडौं घुमेर घर जान भनेर हिड्नुभएको ददिलाल, उहाँको श्रीमती शान्ता र छोरी कृतीका बिर्ता देउरालीको बस दुर्घटनाबाट बचेकोमा भगवानले नै आफूलाई बुबा आमा र गाँउलेहरुसँग भेटाउन बचाएको बताउनुहुन्छ ।
गाडीमा अटइ नअट्याई मान्छे थिए, तेतिकै खाद्यन्न समाग्री राखिएको थियो । बल्ल बल्ल श्रीमती र छोरीलाई बस भित्र राखेर आफू छतमा गएको उहाँले बताउनुभयो ।
भनेको समयमा गाडी नपाउने भएकाले आफूहरू कोचाकोच भएपनि गाडीमा चढेको थियौं । बस दुर्घटना परेपछि उहाँ एक बल्ड्याङपछि छतबाट खसेको सम्झनुभयो । लड्यो लड्यो भनेर सबै कराए, छत मा समेत चाउचाउका बाक्स राखेकाले तत्काल फराल्न नसकेकाले आफू बढी घाइते भएको उहाँले बताउनुभयो । तत्काल आफू बाचेपछि श्रीमती र छोरी चै रहेन अब भन्दै घाइते अवस्था मै खोज्न हिडेको बताउनुभयो । तर उहाँले जब रुखको बुट्यानमा श्रीमती र सँगै भुईमा छोरीलाई देखेपछि अरुको सहयोगमा सड्कमा ल्याउन सकेको बताउनुभयो ।
उहाँले बारम्बार भगवानलाई सम्झदै सोच्नै नसक्ने ठाँउबाट बचेकोले आफ्नो परिवारले पुर्नजन्म पाएको बताउनुभयो । बस पल्टेपछि छत नै उछिटेकाले बस भित्र भएका यात्रुहरु बाहिर निस्केका थिए । उहाँहरुको परिवारमा खासै ठूलो समस्या नरहेको अस्पतालले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना