उपप्रधानमन्त्री महरा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, साउन ३२ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज भेटवार्ता गर्नुभएको छ ।

नेपाली दूतावास बेइजिङका अनुसार उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्रसमेत प्रदान गर्नुभयो ।

यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई पनि नेपाल भ्रमणको निमन्त्रणा पत्र दिनुभएको थियो । गत जुनमा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको चीन भ्रमणका क्रममा समेत राष्ट्रपति भण्डारीले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा पठाउनु भएको थियो ।

सो अवसरमा दुई नेताबीच आसपी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गर्नुभएको थियो । रासस


उच्चस्तरीय भेटघाट : उपप्रधान मन्त्री कृष्णबहादुर महरा चिनियाँ विदेशमन्त्री वाङ जीका साथ मंगलबार बेइजिङस्थित विदेश मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा । तस्वीर : एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना