काभ्रे बस दुर्घटनामा मृतककाे संख्या ३३, घाइते ४३ जना

काभ्रे बस दुर्घटनामा मृतकको संख्या ३३ पुग्यो

गोरखापत्र अनलाइन, काठमाडौँ, ३१ साउन । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ

काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
हाम्रा काभ्रे समाचारदाता मधुसुदन तिमिल्सिनाका अनुसार घटनास्थल अत्यन्त भिरालो भएका कारण लाशलाई माथि सडकमा ल्याउन समस्या भई रहेको छ । साथै घटनस्थलमा पानी परी रहेकाले पनि उद्धारमा समस्या भएको छ ।
सो बस ओभर लोडका कारण दुर्घटना भएको अनुमान गरिएको छ । सो क्षेत्रमा भूकम्प पीडितलाई राहत रकमको सम्झौताको काम भई रहेकाले राजधानीमा रहेका धेरै स्थानीय सोका लागि घर फकर्ने क्रममा बस खचाखच भएको बताइएको छ ।
यसैबीच काभ्रेपलाञ्चाके जिल्लाको विर्ता देउरालीमा भएको यात्रुबहाक बस दुर्घटनामा हाल सम्म मृतकको संख्या घटना स्थालमा २५ र  उपचारका त्रममा एक गरी २६ हेको गृहमन्त्रालयले जनाएको छ ।
गृहप्रवक्ता यादव कोइरालाका अनुसार हालसम्म मृतकको संख्या २५ पुगेको र सो संख्या बढ्न सक्ने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना