बैतडीको बस दुर्घटना तीनको मृत्यु, ५२ जना घाईते


मानबहादुर साँउद अमरगढी,साउन,३१गते÷बैतडीको बिन्द्राबन भन्ने ठाँउमा आज भएको बस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाईते भएका छन ।
घाईतेहरूको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । धनगढीबाट बझाङ तर्फ गईरहेको सुदुरपश्चिम यातायातको ना.५ख २८३२ नम्बरको बस सडकबाट दुईसय मिटर तल खसेर दुर्घटना भएको हो ।
घटनास्थलमै मृत्यु हुनेहरुमा बझाङ जिल्लाको कोटभैरब गाबिस ४ का पुनादेबी कठायत,बझाङ देउलीकोटका ९ बर्षिय नानु खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । थप एकजनाको सनाखत हुन सकेको छैन । उपक्षेत्रीय अस्पतालमा उपचार गराईरहेका घाईते हरिश खड्काले दिएको जानकारी अनुसार चालकले तीब्रगतिमा बस हाँकेका कारण मोड काट्न नसकेर दुर्घटना भएको बताएका छन ।
घाईते खड्काले गोरखापत्रसंग भन्नुभयो— चालकको लार्पवाहीका कारण बस दुर्घटना भएको हो । गाडीमा यात्रुहरु खचाखच थिए,बस्ने ठाँउ समेत थिएन । उहाँदृ भन्नसभयो तिब्रगतिमा बस चलाईएको थियो र मोडमा बसलाई मोड्न नसकेपछि दुर्घटना भएको हो ।
बसको क्याबिनमा मात्रै १२ जना यात्रुहरु रहेको बताउदै खड्काले ५५ जना भन्दा बढी सवारी रहेको बताउनुभयो । साथमा दुई बर्षको छोरा च्यापेर उपचार गराउदै गरेका खड्काले श्रीमतिको टाउको गम्भिर चोट लागेकाले घटनास्थलमै छोडेर आफूहरूलाई अस्पताल पु¥याईएको जानकारी दिनुभयो ।
घाईतेहरूको उपचार उपक्षेत्रीय अस्पतालमा भईरहेको छ भने दुईजना घाईते रिफर गरिएको छ अस्पतालले जनाएको छ । दुर्घटना सोमबार करिब तिन बजेतिर भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना