घाइतेकाे तत्काल उद्धार थाल्न प्रमको निर्देशन, हेलिकप्टर पठाईयो

 

 काठमाडौँ, साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकप्टर पठाउन निर्देशन दिनुभएको हो ।

“दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभयो” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भन्नुभयो ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले नेपाली सेनाको एमआई १७ हेलिकप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म २५ जनाको मृत्यु र अरु ३५ जना घाइते भएको सूचना प्राप्त भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना