उपप्रम महरा आज चीन जाँदै

krishna-baharud-mahara1काठमाडौँ, साउन ३१ गते ।  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेपाल सरकारको विशेष दूतका रूपमा साउन ३१ गते सोमबार मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जानुहुने भएको छ ।  
उपप्रधानमन्त्री महरा सोमबार नै छेन्दु हुँदै चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ ।  उहाँका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र
अर्याल रहनुहुनेछ ।  
उपप्रधानमन्त्री महरा भदौ ३ गते स्वदेश फर्कनुहुने जानकारी अर्थ मन्त्रालयका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन
पौडेलले दिनुभयो ।  
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाउने उद्देश्यले दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेको थियो ।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको भने मिति तय भइसकेको छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना