सिग्देल र श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका

SigdelNamrataपोखरा समाचारदाता, पोखरा साउन ३० गते । आठौ डि सिने अवार्डमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका घोषित हुनुभएको छ । उत्कृष्ठ अनिेता र अभिनेती बन्दै सिग्देल र श्रेष्ठले अवार्ड हात पार्नुृभयो । राजधानी भन्दा बारिह पहिलो पटक आयोजना गरिएको सिने अवार्ड शनिबार साँझा पोखराको विरौटास्थित ग्राण्ड होटलमा सम्पन्न भयो ।
उहाँरहरू दुवैले चलचित्र क्लासिकबाट अवार्ड प्राप्त गर्नुभयो । त्यस्तै आर्यन सिग्देल र सुवास इन्टरटेन्मेटण्द्धारा निर्मित चलचित्र क्लासिक वर्षको उत्कृष्ट चलचित्र बन्दै अबार्ड जित्न सफल भयो । यही चलचित्रबाट युवराज चौलागाईंले उत्कृष्ट गायकको अवार्ड हात पार्नुभयो ।
उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पशुपतिप्रसादबाट दीपेन्द्र के खानलले जित्नुभयो भने सोही चलचित्रबाट खगेन्द्र लामिछानेले उत्कृष्ट पटकथाको अवार्ड हात पार्नुभयो । उत्कृट खलपात्रको अबार्ड पनि चलिचत्र पशुपतिकै विपिन कार्कीले प्राप्त गर्नुभयो ।
उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड वडा नम्वर ६ बाट दिपाश्री निरौलाले जित्दा सोही चलचित्रबाट दीपकराज गिरीले उत्कृष्ट सम्वादको अवार्ड प्राप्त गर्नुभयो । वडा नम्वर ६ बाटै केदार घिमिरेले उत्कृष्ट हास्य कलाकारको अवार्ड हात पर्दा सोही चलचित्रबाट जितु नेपालले उत्कृष्ट सहअभिनेताको अवार्ड जित्नुभयो । वडा नम्वर ६ कै सुर्केथैली बोलको गितका लागी राजन शिवाकोटीले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्नुभयो । पोखरामै निर्माण गरिएको चलचित्र धौलीले उत्कृष्ट कथाको अवार्ड प्राप्त गर्न सफलभयो ।
उत्तकृष्ट चरित्र अभिनेताको उपाधि कबडडी कबडडीबाट माओत्से गुरुङले जित्नुभयो । उत्कृष्ट नवअभिनेताको अवार्ड नाई नभन्नु ल–४ बाट पल शाहले जित्दा नव अभिनेतृको अवार्ड डिम्स चलचित्रबाट सम्राज्ञी राजलक्ष्मी देवी शाहले जित्नुभयो । चलचित्रमा प्रेम गित मार्फत अन्जु पन्तले उन्कृष्ट गायिकाको अवार्ड पाउनुभयो भने सोही चलचित्रको अर्को गीतमा डा.कृष्णहरि बरालले उत्कृष्ट गीतकारको अवार्ड जिन्नुभयो ।
अवार्ड कार्यक्रममा विभिन्न २६ विधामा मनोनित पाँच उत्कृष्ट एकलाई अवार्ड प्रदान गरिएको थियो । यस्तै बेट डेस विना घले, वेष्ट एनिमेसन फूलै फूलको मौसमबाट रमेशमान श्रेष्ठ, वेष्ट स्टारडम अवार्ड निखिल उप्रेती, डायस्पोरा फिल्म अवार्ड रविन आचार्य, चलचित्र सम्मान रमेशचन्द्र राई, निर्मल शर्मा, मौलिक चलचित्रमा धौलीले अवार्ड पायो । डिजिटल फरम्याटमा बनेका ६७ चलचित्रलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।

आयोजक छाँयाछवि क्रियशनले पहिलो पटक काठमाडौ बाहिर पोखरामा सिने अवार्ड आयोजना गरेको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना