सहमतिबाट मात्र सबैको साझा संविधान संभव– यादव

Upendra Yadav
श्रीनारायण साह
जनकपुरधाम, फाल्गुण १ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतको मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलनहरुको भावना र संझौताहरुलाई अक्षरशःसंविधानमा सुनिश्चित गर्नका लागि सहमति एक मात्र विकल्प रहको वताउनु भएको छ ।
मधेशी जनअधिकार फोरम नेपाल केन्द्रिय समितिद्वारा जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधशी, दलित, जनजाति, शोषित, उत्पीडित, पिछडा वर्ग,उपेक्षित समुदायहरुले संविधान हामी सबैको हो भन्ने अनूमूति गराउने खालको जनप्रिय संविधान बनाउने पक्षमा नेपाली कांग्रेस र नेकपा एमाले नरहेको कारण देशमा द्वन्द निम्तिएको वताउनु भएको छ ।
अध्यक्ष यादवले स्थानीय जल,जमीन,जंगल लगायतका प्राकृतिक साधन स्रोतमाथि स्थानीयहरुको अधिकार सुनिश्चित हुने बेलामा यो दुई राजनैतिक दलले वितण्ड मचाउने जनभावना विपरीत रहेको धारणा राख्नु भएको छ ।
उंहाले संघीयता विरोधी दुई राजनैतिक दलले मधेशलाई टुक्रायाएर निहित स्वार्थ सिद्धि गर्ने अभिष्ट कदापि पुरा नहुने अवको आन्दोलन परिणामुखि र विकराल शैलीको हुने चेतावनी दिएका छन् ।
तीस दलीय मोर्चाले आव्हान गरेको चरणवद्ध वारपारको आन्दोलनमा हाम्रो पार्टीको सकृय र जिम्मेवारी पूर्ण सहभागिता रहने कुरा जनकपुरधाममा माघ २८ र २९ गते सम्पन्न केन्द्रिय समितिको पूर्ण बैठकको निर्णय रहेको अध्यक्ष यादवले बताएका छन् ।
यसपालिको सडम संघर्षले मुलुकमा आनोठो प्रकारको सुनामी ल्याउने र जसको परिणामवाट तमाम नेपालीको स्वभिमान,सम्मान अधिकार र समान प्रतिनिधित्व ,समावेशी पहिचानहरुको सुनिश्चितता भएको संघियता सहितको संविधन जारी हुने दावि गर्नु भएको छ ।
सो पार्टीको जनपपुरधाममा सम्पन्न २८ औं पूर्ण बैठकबाट पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा नौ सदस्यीय आन्दोलन गरिचालन मूल समिति गठन गरिएको छ ।
सो समितिको सदस्यहरुमा रामसहाय प्रसाद यादव,रेणुकुमारी यादव,हरिनारायण यादव,संजय कुमार सिंह,लालवावु राउत,मो.इस्तियाक राइन,विजय कुमार र सहर्ष राय यादव रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना