माघ ८ भित्रै संविधान बन्नुपर्छ – नेत्री यमी

Hisila yami

लहान, मङ्सिर ११ गते । एकीकृत नेकपा (माओवादी)की नेत्री तथा पूर्व मन्त्री हिसिला यमीले समावेशीता र सङ्घीयताका लागि माघ ८ भित्रै नयाँ संविधान बन्नुपर्नेमा जोड दिनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ सिरहाद्वारा लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री यमीले जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहको मुख्य एजेन्डाका रुपमा रहेको सङ्घीयतासहितको संविधानका लागि सबै दल जिम्मेवारीपूर्वक लागे माघ ८ गतेभित्र नयाँ संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“पार्टीको संस्थापन पक्षलाई थाहा नदिइ छुट्टै भेला, बैठक गर्दै हिँड्नु पार्टी फुटाउने पूर्वाधारको तयारी त होइन” भन्ने पत्रकारको प्रश्नमा नेत्री यमीले जनयुद्ध कालमा पनि भट्टराई र आफू स्वयम्ले कारबाही भोगेरै यहाँसम्म आएको उल्लेख गर्दै बरु पार्टीभित्र सङ्घर्ष गर्ने तर पार्टी नफुट्ने दाबी गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना