विपक्षिले संघर्ष छाडे मात्र सहमति हुने– सिह


Prakash Man Singhभरतपुर फागुन १ गते । उपप्रधान मन्त्री प्रकाशमान सिहले प्रमुख प्रतिपक्षिदल ए.माओवादी नेतृत्वको मोर्चाले सडक सर्घष छाडे सहमति हुने वताउनुभएको छ । सुनचादी ब्यवसायी महासंघको दोश्रो साधरण सभालाई सम्वोधन गर्न चितवन आउनुभएका उपप्रधानमन्त्री सिंहले भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा सहमतिका लागि काग्रेस नेतृत्वको सरकार लचिलो वनेको दावि गर्दै सडक संघर्ष छाडेर वार्ता र सहमतिमा आउन प्रतिपक्षिहरुलाइ आग्रह समेत गनुभयो ।
“संघिय लोकतान्त्रिक सविधान जारी गर्न सहमति चाहिन्छ भनेर नै प्रश्नावली समितिले सविधान सभाका लागि सवै प्रश्न तयार पारेर पनि अहिले केही दिनका लागि सविधान सभाका काम कारवाही स्थगित गरिएको छ”उहाँले भन्नुभयो, “अव सडक सघर्ष छाडेर माओवादीहरु वार्ता र सहमतिका लागि तयार हुनुपर्छ ।”
सहमतिवाटै सविधान जारी गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तवरवाट समेत सुझाव आइ रहेको उल्लेख गर्दै उहाँले सविधान सभाको काम कारवाही स्थगित भएपछि दलहरुलाई नजिक ल्याउन सहयोग पुगेको धारणा राख्नुभयो ।
”सवैको चाहना सवै मिलेर सहमतिमा सविधान जारी होस भन्ने हो”, उहाँले भन्नुभयो, “सहमतिका लागि सम्झौतामा विश्वास गर्ने हो भने अव चित्त वुझाउन पनि सहमतिको वातवरण वनाउनै पर्छ ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना