वनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमन बन्द

कञ्चनपुर,  साउन २८ गते  । महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा आज बिहानदेखि चारपाङ्ग्रे सवारीसाधन आवागमन बन्द गरिएको छ ।

बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख पाँच हजार २०३ क्युसेक मापन गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक गोकुल बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी भएपछि चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिन्छ ।

यस्तै डडेल्धुराको परिगाउँ क्षेत्रमा महाकालीमा पानीको सतह ५।१ मिटर र दार्चुलाको दत्तुमा ३।८ मि रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र भीमदत्तनगरले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना