सुनसरीका किसानमा केरा खेतीतर्फ आक्रर्षण बढ्दो

bananaजयकृष्ण यादव÷इनरुवा, इनरुवा, साउन २७ गते । सुनसरीमा पछिल्लो समयमा केरा खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।
जिल्लामा केरा खेती व्यवसायिक रुपमा सुरु भएकाले केरा खेतीतर्फ किसानहरुको आकर्षण बढ्न थालेको हो ।
यहाँको माटो केरा खेती सुहाउँदो भएको र राम्रो भएकाले केरा खेतीतर्फ किसाको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
जिल्लाको विभिन्न ठाउँमा केरा खेतीको सम्भावना रहेको कुरा बाहिर आएको हुदाँ केरा खेती एक दुई गर्दै सैयांै हेक्टरमा पुगेको कृषि विकास कार्यलय सुनसरीले जनाएको छ ।
जिल्लामा हाल ५१५ हेक्टर क्षेत्रफलमा केरा खेती हँुदै आएको कार्यालयले जनाएको छ । जिल्लामा प्रति हेक्टर १८ मेट्रिकटनका दरले ८ हजार १० मेट्रिकटन केरा वार्षिक रुपमा उत्पादन भईरहेको जनाएको छ ।
केरा खेती जिल्लाको सदरमुकाम इनरुवा, बबिया, मधेशा, नरर्सिह, जल्पापुर , रामनगरभुटाहा, गौतमपुर, लौकही र भोक्राहा सहितका दुई दर्जन गाविसमा हुदै आएको छ । यहाँ कृषकहरुले प्रति विघामा वार्षिक रुपमा एक लाख ५० हजार देखि तीन लाख रुपियाँसम्म आम्दनी गरिहेको कार्यालयले जनाएको छ । जिल्लामा विलियम हाइव्रिड , सिंगापुरी, हरीछाल , रोबोस्टो लगायतका सात जातका केराहरु लगाईने गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना