रोकिने भयो जय पर्शुरामको रिलिज

दाङ समाचारदाता

दाङ , साउन २६ गते । यही साउन २८ गते रिलिज हुने तयारीमा रहेको नेपाली कथानक चलचित्र जय पर्शुरामको रिलिज रोकिएको छ । पुनरावेदन अदालत ललितपुरले मंगलबार नेपाली कथानक चलचित्र जय पर्शुरामको रिलिज रोक्ने आदेश जारी हो ।
व्ल्याक चिल्ली ईन्टरटेनमेन्ट प्रालिका निर्देशक नवराज घिमिरेले जय पर्शुराम र चलचित्र निर्माता संघलाई विपक्ष बनाएर दर्ता गर्नुभएको मुद्दाको किनारा लगाउँदै पुनरावेदन अदालत ललितपुरले चलचित्र जय पर्शुराम युनिटलाई चलचित्रका कुनै गतिविधि सञ्चालन नगर्न आदेश जारी गरेको छ । prashuram
पुनरावेदन अदालतका न्यायाधीश जीवनहरि अधिकारीको एकल इजलास रहेको मुद्दामा अधिवक्ता हिरा रेग्मी र सितारामले बहस गर्नुभएको थियो । अदालतले जय पर्शुरामको निर्माण पक्षलाई यही २८ गते हुन लागेको रिलिज रोक्ने, चलचित्रको प्रचारप्रसार रोक्न आदेश जारी गरेको नेपाली कथानक चलचित्र पर्शुरामका कार्यकारी निर्माता सविन प्रियासनले जानकारी दिनुभयो ।
कार्यकारी निर्माता प्रियासनका अनुसार पर्शुराम निर्माण भइरहँदा उही नामबाट रेदाअंश सिने आर्टस्ले चलचित्र निर्माण गरी प्रदर्शनको तयारी थालेपछि आफूहरु अदालत धाउनुपरेको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना