कन्डममा विश्वास बढ्यो, गुणस्तर बढेन

सरोज ढुङ्गेल

काठमाडौँ, फागुन १ गते । नेपाली युवाहरूमा कन्डमप्रतिको विश्वसनीयता बढे पनि कन्डमको गुणस्तरमा भने त्यति ध्यान जान सकेको छैन ।
नेपाली बजारमा पाइने कन्डमका ६३ ब्रान्डमध्ये आठ ब्रान्ड मात्र विभिन्न कम्पनीले नेपालमा वितरण गर्दै आएका छन् । बाँकी १६ किसिमका कन्डम भारतबाट सिधै नेपाल भित्रिन्छन् भने बाँकी ३९ किसिमका कन्डमका ब्रान्ड कताबाट कसरी आउँछन् भन्ने अज्ञात छ । condom
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. दीपेन्द्ररमण सिंहले नेपालमा धेरै किसिमका कन्डम भित्रिने हुनाले ती कन्डमको गुणस्तर नहुने बताउनुभयो । त्यस्ता कन्डम मापदण्डबिनाकै हुन्छन् निर्देशक डा. सिंहले भन्नुभयो, “ती कन्डममा आवश्यक मात्रामा प्रयोग गर्नुपर्ने लुब्रिकेन्ट तथा अन्य पदार्थको मात्रा मिलेको हुँदैन । ” त्यस्तै नेपाली बजारमा पाइने अधिकांश कन्डमको उत्पादन मिति तथा प्रयोग गर्ने समयसीमा नहुने त्यस्ता किसिमका कन्डम गुणस्तरीय नहुने निर्देशक डा. सिंहको भनाइ छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका जनस्वास्थ्य अधिकृत थलेन्द्र पँगेनीले नेपाली समाजमा परिवार नियोजनका लागि मात्र कन्डमको प्रयोग हुने गरेको जानकारी दिँदै कन्डमले एड्स तथा विभिन्न यौनरोगबाट बच्नसमेत प्रयोग हुन्छ भन्ने जनचेतना आवश्यक रहेको बताउनुभयो ।
कन्डमको आयात गर्दा कर छुट हुने भएकाले पनि नेपालमा गुणस्तरहीन कन्डम भित्रिने गरेको पँगेनीले बताउनुभयो ।
गुणस्तरीय कन्डमको प्रयोगलाई बढावा दिन सरकारको खास कुनै निकाय नभएको कारण नेपाली बजारमा गुणस्तरहीन कन्डमको प्रयोग बढिरहेको भन्दै उहाँले सरकारको कुनै निकायले कन्डमको गुणस्तरीयता अनुगमन गर्नुपर्ने बताउनुभयो ।
नेपाली बजारमा वार्षिक तीन करोडभन्दा बढी कन्डम खपत भइरहेको अध्ययनले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सिंहका अनुसार नेपालमा १५ देखि २५ वर्षका युवामा झन्डै ८० प्रतिशतभन्दा बढी युवाले कन्डमको प्रयोग गर्ने गरेको तथा त्यसको प्रभावकारिता र विश्वसनीयता बढ्दै गएको छ, बताउनुभयो ।
सिंहले कन्डमले एचआईभी÷एड्स, हेपाटाइटिस बी, हेपाटाइटिस सीलगायत विभिन्न खाले यौनजन्य रोगलाई रोक्ने भएकाले कन्डमको प्रयोग वृद्धि भइरहेको बताउनुभयो ।
उहाँले नेपालमा पाइने कतिपय कन्डम कम्पनीले उत्पादन मिति नलेख्ने गरेको तथा कतिपयले उत्पादन मिति समाप्त हुने मिति नराख्ने गरेको जानकारी दिनुभयो ।
यसैबीच, शुक्रबार ‘कन्डम इज अ कुल’ भन्ने नाराकासाथ विश्व कन्डम दिवस मनाउन लागिएको छ । नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रमका साथ विश्व कन्डम दिवस मनाइँदै छ । नेपालमा विश्व कन्डम दिवस मनाउन लागिएको यो तेस्रो पटक हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना