सांसदद्वारा मन्त्री श्रीपाइलीलाई बधाई

काठमाडौँ,  साउन २५ गते । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीलाई दलित समुदायका नेता तथा नागरिक अगुवाले बधाई तथा शुभकामना दिनुभएको छ ।

दलित अनलाइन डटकमले सोमबार आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेकपा (एमाले)का नेता तथा सांसद जीतु गौतम, सांसद टेकु नेपाली र दलित नागरिक समाजका अगुवा पदम सुन्दासलगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।

सोही अवसरमा मन्त्री श्रीपाइलीले दलित समुदायको बारेमा संविधानमा भएका अधिकारको कार्यान्वयन गर्दै खेलकुदकै क्षेत्रबाट आफूले दलित समुदायका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना