हेलिकप्टर दुर्घटनामा नवजात शिशु सहित सातको मृत्यु


नरेन्द्र ढकाल, गोरखा, साउन २४ गते । उत्तरी गोरखाको सिर्दिवास गाविसको फिलिमबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा एक परिवारका चार सहित सात जनाको ज्यान गएको छ ।
सिर्दिवास गाविस वडा नम्वर–२ नाकचेतका एक नवजात शिशु विरामी परे पछि उचापरका लागि काठमाण्डौ लैजान हेलिकप्टर बोलाईएको थियो । स्थानीय धनबहादुर गुरुङका अनुसार हाल काठमाडौंमा रहेकी लक्ष्मी गुरुङले फिस्टेल एरको हेलिकप्टर लिएर विरामी शिशुको उपचारका लागि सोमवार विहान ११ः २५ बजे सिर्दिवासको फिमिल आइपुग्नु भएको थियो । पाँच मिनेट फिलिम रोकिएको हेलिकप्टर साडे ११ बजे काठमाण्डौका लागि उडेको थियो । गोरखाबाट उडेको केही समय भित्रै फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोट जिल्ला मदानपुर गाविस वडा–९ पाखुरे स्थित पाखुरी जंगलमा दुर्घटनाग्रस्त भएको हो ।
सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय जितमान गुरुङ, उहाँकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उहाँको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँहरु चार एक परिवारका सदस्य हुनुहुन्छ ।
प्रितिका ससुरा जितमान,सासु अज्ञानी, पाँच दिनको छोरा सहित प्रितिको परिवार शिशुको उपचारको लागि काठमाण्डौ जाँदै गर्दा सो दुर्घटना भएको हो । सोही हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार हुनुहुन्थ्यो ।
चालक रञ्जन लिम्बू गरी हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको हो । गोरखा सदरमुकाम बाट ३० कोस टाढा रहेको सो गाउँमा जन्मने वित्तिकै देखि विरामी परेका नजवात शिशुको उपचारको कुनै विकल्प नभए पछि हेलिकप्टर चार्टर गरिएको स्थानीय गुरुङले बताउनु भयो ।
सो क्षेत्रमा विरामी पर्दा, सुत्केरा गराउन नसक्दा यसरी नै हेलिकम्टर चार्टर गर्नुपर्ने बाध्यता छ । पाँच दिन भन्दा बढिको पैदल दुरीमा रहेको सो क्षेत्रमा यातायातको अन्य कुनै माध्यम छैन् ।

घटनास्थलकाे तस्बीर साभारः घुमपफिर डट कम डट एनपी 

 

3

2_1

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना