आज नागपञ्चमी

NagPanchamiकाठमाडौँ, साउन २३ गते ।  भाद्र शुक्ल पञ्चमीका दिन आइतबार (आज) नागपूजा गरी मनाइँदैछ ।  यो दिन अनन्त, वासुकी, शेषनाग, पद्मनाभ, शङ्खपाल, तक्षक, कालीक र धृतराष्ट्र नामका अष्ट नागको चित्र वा यी नागको संस्मरणमा कपासको नाग बनाई पूजन गर्ने र घरको मूलढोकामा चित्र टाँस गरेर पूजा गर्ने प्रचलन छ ।  
यो दिन नागको पूजा गरेमा वर्षभर नाग (सर्प) र विषको भय हुन्न भन्ने जनविश्वास छ ।  ज्योतिष डा. सुनिल सिटौलाका अनुसार यो दिनबाहेक नित्य बिहान बेलुका अष्टनागको संस्मरण गर्न सके जन्म कुण्डलीमा नागदोष रहेका र कालसर्प योग परेकालाई राम्रो हुन्छ ।  
काठमाडौँमा भचाखुसीमा रहेको घोडेनाग, सुन्धाराको टुँडिखेल छेउ रहेको मीननाग, गल्कोपाखाबाट दक्षिण ठमेलमा रहेको हरिनाग र इटुम्बहालमा रहेको जलनागमा पूजा गर्दा नागदोष हट्ने जनविश्वास छ ।  काठमाडौँका यी नाग प्रसिद्ध छन् ।
नक्सालस्थित नागपोखरी, पशुपतिनाथका आभूषण वासुकी नाग, काठमाडौँको नागदह, दहचोक, भृङ्गारेश्वर महादेव सुनाकोठीमा नारायण सयन गर्नुभएको शेषनागलगायतका स्थानमा धार्मिक उत्सव आयोजना गरिएको छ ।
नक्साल नागपोखरी निवासी समाजसेवी पवन तण्डुकारका अनुसार युवा सहभागितामा यहाँ नागपूजन गरी धार्मिक उत्सव मनाइँदैछ ।  पशुपति क्षेत्र विकास कोषका अधिकृत कमलबहादुर बोगटीका अनुसार पशुपतिमा वासुकी नागलाई थाल ठटाएर दिनरात जागा गराई यहाँ वासुकीको पूजन आयोजना गरिएको छ ।  वासुकी नाथ बहिरा हुन् भनिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना