‘युवा उद्यमीलाई प्रोत्साहन गरिन्छ’

krishna bahadur maharaकाठमाडौँ, साउन २१ गते ।  नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले युवा उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताउनुभएको छ ।  बिहीबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पद बहालीपछिको पहिलो निर्णयमा पनि युवा उद्यमीलाई प्रोत्साहनका कार्यक्रम ल्याउन निर्देशन दिइएको उहाँले पत्रकारलाई जानकारी दिनुभयो ।  उपप्रधानमन्त्री महराले विकासका लागि बजेटको कार्यान्वयनका लागि एक संयन्त्र बनाउने, भन्सारमा राजस्व सङ्कलनका लागि अत्याधुनिक मेसिन राख्ने निर्णय पनि बिहीबार गर्नुभएको छ ।  बजेट आश्रित विधेयक अगाडि बढाउने र पूरक बजेट ल्याउने सम्बन्धमा सोधिएको प्रश्नमा महराले आवश्यक छलफल गरेर पछि निर्णय गरिने बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना