जापान र अमेरिकाद्वारा बधाई ज्ञापन

काठमाडौँ, साउन २१ गते ।  पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा जापान सरकारले बधाई दिएको छ ।   “जापान सरकार नेपालमा शान्ति र समृद्धिका लागि प्रजातन्त्रीकरण प्रक्रियामा सधैँ प्रतिबद्ध छ”, काठमाडौँस्थित जापानी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  दूतावासले नयाँ नेतृत्वले नेपालमा  स्थायित्व, एकता र समृद्धि ल्याउनेमा  विश्वास पनि व्यक्त गरेको छ ।  
जापान सरकारले नेपालको पुनःनिर्माण र सामाजिक आर्थिक विकासमा हातेमालो गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।  
यसैगरी संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएको छ ।  
यहाँस्थित अमेरिकी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ ।  
दूतावासको विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महŒवपूर्ण कार्य सम्पन्न गर्न अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना