मकालु विमान दुर्घटनामा दुई चालक घाइते





हुम्ला, साउन २० गते । मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।

सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो ।

लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना