साहित्यकार तथा पत्रकार निर्भिकको निधन

काठमाडौँ, साउन १९ गते । साहित्यकार तथा पत्रकार डिल्लीराम निर्भिकको आज ७८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित स्वाभिमानी तथा देशभक्त पत्रकार निर्भिकको बिजुली बजारस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो ।

विसं १९९५ माघ २ गते शान्तिपुर इलाममा उहाँको जन्मभएको थियो । उहाँले पहिलो पटक २०१६ सालमा शानिश्चरे मावि झापा ‘उषा’ मुखपत्रबा साहित्य यात्रा सुरु भएको थियो ।

त्यस्तै, २०२२ सालदेखि पत्रकारिता सुरु भएको थियो । विसं २०३१ मा प्रहरी ज्यादती विरुद्ध समाचार लेख्दा पत्रकार निर्भिक जेल समेत जानुभएको थियो । मेचीमा सीमा अतिक्रमण विरुद्ध निकै कडा रुपमा साहित्य तथा पत्रकारितामार्फत उहाँले कलम चलाउनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका दुई कार्यकाल सदस्य, नेपाल पत्रकार महासङ्घको सदस्य, नेपाल प्रेस इन्टिच्युटलगायत थुप्रै सञ्चारसम्बन्धी सङ्घ संस्थामा आबद्ध भएर काम गर्नुभयो । राष्ट्रिय समाचार समिति, गोरखापत्र दैनिकको प्रतिनिधि भएर समेत उहाँले झापाबाट काम गर्नुभएको थियो ।

पत्रकार निर्भिकले २०२९ सालमा सिद्धार्थ नामक अर्ध साप्ताहिक, २०३९ हिजोआज साप्ताहिक झापाबाट प्रकाशन गर्दै आउनुभएको थियो ।

पत्रकारिताको सिलसिलामा उहाँले अमेरिका, बेलायत, फ्रान्स, क्यानाडा, भारत, चीनलगायत थुप्रै देशका भ्रमण समेत गर्नुभएको थियो ।

उहाँका श्रीमती पार्वती कर्माचार्य, छोराहरु अर्पण शर्मा र डा अञ्जन शर्मा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटनमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको साहित्कार लेकालीले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना