न्यायाधीश नियुक्तिसँगै सर्वोच्चमा चहलपहल

कुुमार विवेकानन्द मिश्र

 

काठमाडौँ,  साउन १८ गते ।  सर्वाेच्च अदालतमा सोमबार न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र मुद्दाका पक्षहरू सबै व्यस्त भए ।  कानुन व्यवसायीहरू त एउटा इजलासमा बहस नसकिँदै अर्काे इजलासमा पुग्न हतारिएका देखिन्थे ।  
लामो अन्तरालपछि ११ जना न्यायाधीश नियुक्तिसँगै मुद्दाको सनुवाइका लागि १० वटा इजलास गठन भएपछि सोमबार सर्वाेच्च अदालतमा यस्तो दृश्य देखिएको हो ।  यसअघि बढीमा चार पाँच वटामात्र इजलास गठन हुने र मुद्दाको सुनुवाइ नै नहुने अवस्था थियो ।  
सर्वाेच्च अदालत परिसरमा रहेको एनेक्स भवनमा छ वटा र रेट्रोफिटिङमार्फत मर्मत गरिएको पुरानो भवनमा चार वटा इजलास सञ्चालन गरिएको थियो ।  शपथग्रहणका कारण केही ढिलो गरी इजलास सञ्चालन भएका कारण सोमबार पेसी तोकिएका कुल २८० मुद्दामध्ये ८२ वटा मुद्दाको सुनुवाइ सम्पन्न भएको सर्वाेच्च अदालतले जनाएको छ ।  
पेसी तोकिएका मध्ये २९ वटा फैसला, ५० वटामा आदेश र तीन वटाको सुनुवाइ प्रारम्भ भई हेर्दाहेर्दैमा रहेको थिए ।  यस्तै ३७ वटा विभिन्न कारणले स्थगित भए भने १२८ हेर्न नभ्याइने, २२ हेर्न नमिल्ने र दुई वटा मुद्दा अन्य कारणले सुनुवाइ हुन सकेन ।  
‘एउटा इजलासमा बहस नसकिँदै अर्काे इजलासमा पालो आयो, मिसिल लिएर दौडिनुप¥यो’, अधिवक्ता सतिशकुमार झाले भन्नुभयो, ‘नवनियुक्त न्यायाधीशहरू इजलासमा बस्न सुरु गरेपछि अब न्याय सम्पादन सहज हुनेछ, सुनुवाइ नहुने अवस्था अब अन्त्य हुन्छ । ’
राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट सपथ लिएपछि सोमबार नवनियुक्त न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरलाल श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधानले कार्यभार सम्हाल्नुभएको हो ।  सोमबार इजलासमा बसेर उहाँहरूले मुद्दाको सुनवाइ गर्नुभएको थियो ।  
‘नवनियुक्त न्यायाधीशहरूले कार्यभार सम्हाल्नुभयो, सबै जनाले सोमबारदेखि नै न्याय सम्पादन कार्यमा सक्रिय हुनुभयो’, सर्वाेच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भन्नुभयो, ‘अब पालो नआउने, सुनुवाइ नहुने अवस्था क्रमशः अन्त्य हुनेछ, न्याय सम्पादन कार्य तीव्र रूपमा अघि बढ्छ । ’
दुई वर्षपछि यति धेरै सङ्ख्यामा सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्ति भएको हो ।  २०७१ जेठमा आठ न्यायाधीश नियुक्ति भएको थियो ।  त्यसपछि न्यायाधीशहरू सेवानिवृत्त हुने तर, पूर्ति नभएपछि सर्वाेच्च अदालतको न्याय सम्पादन प्रभावित हुँदैआएको थियो ।  नेपालको संविधानले सर्वाेच्चमा न्यायाधीशको दरबन्दी बढाएपछि पनि यति धेरै सङ्ख्यामा न्यायाधीश नियुक्ति सम्भव भएको हो ।  
सर्वाेच्च अदालतमा अहिले करिब २५ हजारको सङ्ख्यामा विभिन्न प्रकृतिका मुद्दा तथा रिट निवेदनहरू विचाराधीन छ ।  नवनियुक्त ११ न्यायाधीशसँगै सर्वाेच्च अदालतमा न्यायाधीशको सङ्ख्या २० पुगेपछि न्याय सम्पादन कार्यले सहजता लिने विश्वास व्यक्त गरिएको छ ।  
नवनियुक्त ११ मध्ये सात जना पुनरावेदन अदालतमा लामो समय न्याय सम्पादन गर्नुभएका मुख्य न्यायाधीश हुनुहुन्छ भने चार जना लामो समयसम्म सर्वाेच्च अदालतमै वकालत गर्दै आउनुभएका कानुन व्यवसायी हुनुहुन्छ ।  


dipak karkiदीपककुमार कार्की
शाखा अधिकृतबाट २०३७ साउन ६ गते न्याय सेवामा प्रवेश गर्नुभएका तीनथाना, काठमााडँौका कार्की २०४३ असोज ६ गते उपसचिव, २०४८ कात्तिक २३ मा जिल्ला न्यायाधीश, २०६२ चैत १० मा पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०७१ भदौ १० गते मुख्य न्यायाधीश हुनुभएको थियो ।  कार्कीले एमए र बीएल गर्नुभएको छ ।   

kedar chaliseकेदारप्रसाद चालिसे
चन्द्रनिगाहपुर–५, रौतहट स्थायी घर भएका चालिसे २०३८ जेठ ३० गते शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरी २०४३ असोज ६ मा उपसचिव, २०४८ कात्तिक २३मा जिल्ला न्यायाधीश, २०६२ चैत १० मा पुनरावेदन अदालतको न्यायाधीश र २०७१ भदौ १० मा मुख्य न्यायाधीश हुनुभएको थियो ।  पुनरावेदन न्यायाधीश हुँदा विशेष अदालतको अध्यक्ष हुनुभएको थियो ।  उहाँले बीएल सम्मको अध्ययन गर्नुभएको छ ।

sarada ghimireशारदाप्रसाद घिमिरे
बालाजु, काठमाडाँैका घिमिरे २०३९ चैत ७ गते शाखा अधिकृतको रूपमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।  त्यसपछि २०४३ असोज ६ मा उपसचिव, २०४८ कात्तिक २३मा जिल्ला न्यायाधीश, २०६२ चैत १० मा पुनरावेदन अदालतको न्यायाधीश र २०७१ भदौ १० मा मुख्य न्यायाधीश बन्नुभएको थियो ।  उहाँले एमए बीएल सम्मको अध्ययन गर्नुभएको छ ।

miraमीरा खड्का
ललितपुरकी खड्का २०३८ पुस १० गते शाखा अधिकृतको रूपमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।  २०४४ फागुन १४ गते उपसचिव, २०४८ कात्तिक २३ मा जिल्ला न्यायाधीश, २०६२ चैत १० मा पुनरावेदन अदालतको न्यायाधीश र २०७१ भदौ १० गते मुख्य न्यायाधीश हुनुभएको थियो ।  २०३६ सालमा केही समयसम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नुभएका खडकाले एमए बीएल गर्नुभएको छ ।  

harikrishnaहरिकृष्ण कार्की
ओखलढुङ्गा जिल्ला माम्खा गाउँ विकास समिति वडा नम्बर १ का स्थायी वासिन्दा कार्की  पूर्व महान्यायाधिवक्ता हुनुहुन्छ ।  सन् १९८३ मा अधिवक्ता भएपछि वकालत प्रारम्भ गर्नुभएका कार्की सन् २०१३ मा वरिष्ठ अधिवक्ता हुनुभएको थियो ।  थुप्रै सरकारी तथा निजी क्षेत्रका संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा काम गर्नुभएका कार्की सर्वाेच्च अदालत बार एसोसिएसनको सचिव, नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, महासचिव, अध्यक्षसमेत हुनुभएको थियो ।  यस्तै नेपाल बार काउन्सिलको अध्यक्ष, उपाध्यक्ष, न्याय सेवा आयोगको सदस्य, नेपाल नोटरी पब्लिक परिषद्को अध्यक्ष हुुनुभएको थियो ।  उहाँले कानुनमा स्नातक (डीएल) गर्नुभएको छ ।

biswombher prasad shresthaविश्वम्भरप्रसाद श्रेष्ठ
धनगढी नगरपालिका–१, कैलालीका स्थायी वासिन्दा श्रेष्ठ २०३८ चैत २७ गते शाखा अधिकृतको रूपमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।  २०४४ फागुन १४ मा उपसचिव, २०५० चैत १५ मा जिल्ला न्यायाधीश, २०६२ चैत १० मा पुनरावेदन न्यायाधीश, २०७१ भदौ १०मा मुख्य न्यायाधीश हुनुभएका श्रेष्ठले एमए डीएलसम्मको अध्ययन गर्नुभएको छ ।

ishwor khatiwadaईश्वरप्रसाद खतिवडा
इनरूवा–९, सुनसरीका खतिवडा २०३९ चैत ७ मा शाखा अधिकृतको रूपमा न्याय सेवामा प्रवेश गरी २०४४ फागुन १४ मा उपसचिव, २०५० चैत १५ मा जिल्ला न्यायाधीश, २०६२ चैत १० मा पुनरावेदन न्यायाधीश र २०७१ भदौ १० मा मुख्य न्यायाधीश हुनुभएको  थियो ।  उहाँले एमए एलएलएम गर्नुभएको छ ।

ananda mohan bhattraiडा. आनन्दमोहन भट्टराई
२०३८ जेठ ४ गते नायव सुब्बाको रूपमा न्याय सेवामा प्रवेश गर्नुभएका लेखनाथ–५, कास्कीका भट्टराई २०३९ चैत ७ गते शाखा अधिकृत, २०४४ फागुन १४ मा उपसचिव, २०५१ भदौ २३ मा जिल्ला न्यायाधीश, २०६२ चैत ४ मा पुनरावेदन न्यायाधीश र २०७१ भदौ १० मा मुख्य न्यायाधीश हुनुभएको थियो ।  कानुन तथा न्यायका विभिन्न अनुसन्धानमा संलग्न रही विविध पुस्तकसमेत प्रकाशन गर्नुभएका भट्टराईले एमए एलएलएम अध्ययन गर्नुभएको छ ।  

anil sinhaअनिलकुमार सिन्हा
२०१५ कात्तिक १५ गते गैरीधारा, काठमाडाँंैमा जन्मनुभएका सिन्हा अधिवक्ताको प्रमाणपत्र लिएपछि २०३९ पुस १३ गतेदेखि निरन्तर वकालत गर्दै आउनुभएको छ ।  सर्वाेच्च अदालतबाट २०६९ माघ २६ गते वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएका सिन्हाले कानुनमा स्नातक गर्नुभएको छ ।  कर राजस्व, करार, कम्पनी, बैङ्किङ्ग, बिमा, जलविद्युत्, श्रम र वाणिज्य क्षेत्रका कानुनविद्का रूपमा परिचित सिन्हाको विभिन्न पुस्तक प्रकाशित छ ।  सर्वाेच्च बारको सदस्य, नेपाल कानुन समाजको महासचिव, सार्क ल नेपाल शाखाको सदस्य भइसक्नुभएको छ ।

prakash rautप्रकाशमानसिंह राउत
उदयपुर जिल्ला कटारीबजारमा २०१७ चैत १८ गते जन्मनुभएका राउत विगत ३२ वर्षदेखि निरन्तर वकालत गर्दै आउनुभएको छ ।  कानुनमा स्नातक वरिष्ठ अधिवक्ता राउत २०६३ सालमा सर्वाेच्च अदालत बारको अध्यक्ष हुनुभएको थियो ।  सर्वाेच्च बारको अध्यक्ष हुँदा न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्न अध्ययन समिति गठन गरेपछि त्यसले निकै चर्चा पाएको थियो ।  गोरखापत्र संस्थानको २०४७ साउन २ गतेदेखि साढे तीन वर्षसम्म कानुनी सल्लाहकारका रूपमा काम गर्नुभएका राउतले साझा यातायात, नेपाल वायु सेवा निगम, सीआरसी कम्पनी, युसेप, नेपाल विद्युत् प्राधिकरण, नेपाल कृषि अनुसन्धान परिषद्, मेलम्ची खानेपानी विकास समिति, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायत विभिन्न सङ्घ संस्थामा सल्लाहकार, सदस्य र कानुनविज्ञको रूपमा काम गर्नुभएको छ ।  

sapana pradhan mallaसपना प्रधान मल्ल
परासीबजार–६, नवलपरासीकी मल्ल विगत ३० वर्षदेखि वकालतमा सक्रिय हुनुहुन्थ्यो ।  २०४३ सालमा अधिवक्ताको प्रमाणपत्र लिनुभएका मल्ललाई २०६९ फागुन १६ गते सर्वाेच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको थियो ।  २०२० कात्तिक २९ गते जन्मनुभएकी मल्लले एमसीएल र एमपीए गर्नुभएको छ ।  महिला, लैङ्गिक हिंसा, मानव अधिकारक्षेत्रको विधिशास्त्रमा योगदान पुग्ने गरी सर्वाेच्च अदालतबाट प्रतिपादित विभिन्न नजिरमा मल्लको योगदान छ ।  नेपाल ल क्याम्पसमा केही समय प्राध्यापन गर्नुभएका मल्ल पहिलो संविधानसभाको सदस्य हुनुहुन्थ्यो ।  उहाँको न्याय र कानुनसँग सम्बन्धित विभिन्न अनुसन्धान, कृति, लेख रचना तथा पुस्तक प्रकाशन गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना