स्याफ्रु–रसुवागढी राजमार्ग आजदेखि सुचारू

 

धुन्चे (रसुवा),  साउन १६ गते । पहिरोका कारण गत हप्तादेखि बन्द रहेको स्याफ्रु–रसुवागढी अन्तर्राष्ट्रिय केरुङ राजमार्ग खुला भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीका अनुसार आज अपराह्न ४ बजेदेखि सडक सञ्चालनमा आई करिब ८० वटा मालबाहक कन्टेनर सामान लिई गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

चीनतर्फ नेपालको एकमात्र उत्तरी नाका रसुवागढी सञ्चालन भएको जानकारी पाएपछि आफूले नेपालका व्यावसायिक केन्द्रमा पठाउने यथेष्ट सामग्री चीनको औद्योगिक केन्द्रबाट केरुङ ल्याउने कार्य सुरु गरिसकेको चीनको ठूलो ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनका प्रबन्ध निर्देशक चाङ् सी पिङले बताउनुभयो ।

सडक खुलेलगत्तै रु ४७ लाख राजस्व आजै असुली भइसकेको र आर्थिक वर्षको साउन १ गतेदेखि १५ गतेसम्म रु १३ करोड २९ लाख राजस्व असुली भइसकेको जानकारी दिँदै रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुले सडक खुलेपछि उत्साहजनक तवरले राजस्वमा वृद्धि हुन थालेको र साउन मसान्तसम्म रु १६ करोड आय हुने अनुमान गरिएको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना