जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एक को मृत्यु, ६० जना घाईते

भवानी ऐर

कैलाली, माघ २९ गते । कैलालीको टीकापुर र चौमालामा छुट्टाछुट्टै जन्ती बोकेका दुई ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छभने ६० बढी घाईते भएका छन ।
विहीवार टीकापुरको अस्नेहरीमा भएको दुर्घटनामा १ जना बालकको मुत्यु भएको छ भने ३८ जना घाईते भएका छन । ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार विवहाका जन्ति लिएर फर्किदै गरेको से १ त ७५५० नम्बरको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेमा जोशीपुर गाविस—४ का डेढ वर्षिय बालक चन्द्र चौधरीको रहेका छन । उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका मध्ये चार जनालाई टीकापुर अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरेको छ । ट्राफिक प्रहरीले अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको बताएको छ । गम्भीर घाईते हुनेमा मुनुवा गाविस—२ का २५ वर्षका विनोद चौधरी, सोही ठाउँका २१ वर्षिया माया कठरीया, टीकापुर—९ का सुनिल चौधरी र सोही ठाउँकी १४ वर्षिया सुष्मिता चौधरी रहेका छन । अन्य समान्य घाईते सबैलाई उपचारपछि घर पठाइएको टीकापुर अस्पतालस्रोले बताएको छ ।
चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएर थप अनुसंधान र कारवाहीको प्रक्रिया अगाडी बढाइरहेको बताइएको छ ।
त्यसैगरी विहीवार नै चौमाला बजार नजिक जन्ती बोकेको अर्को ट्याक्टर दुर्घटना हुँदा एक साइकल यात्री सहित १९ जना घाईते भएका छन । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ त ४६९८ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
साइकल यात्री १५ वर्र्षिया मनकला बोगटीसहित मसुरीयाका विनोद चौधरी, सोही ठाउँका सुरेन्द्र चौधरी, मिलन चौधरी गम्भीर घाईते भएका छन । घाईतेहरुको अत्तरीयास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना