यौनिकता शिक्षा ः व्यवहार दरिलो बनाउँछ

bhakta thapaभक्तबहादुर थापा




“जीवनको ज्योति भनेको शिक्षा”–  भन्ने मान्यता घर परिवार होस् या समाज, राजनीतिक वृत्त होस या मुलुक सबै व्यक्ति, समूह तथा क्षेत्रले आत्मसात् गरेको विषय हो ।  जसले घर परिवारदेखि समाज र राष्ट्रलाई नै आँखा देखाउन वा डो¥याउन सकोस् ।  अहिलेको शिक्षाको माग, आवश्यकता र मान्यता त्यही भएको छ ।  अहिले शिक्षा भन्ने बित्तिकै पढ्ने, जागिर खाने पैसा कमाउने भन्ने मान्यता रहँदै आएको छ ।  यो किसिमको शिक्षाले केही हदसम्म काम पनि ग¥यो तर समय, परिस्थिति र सामाजिक रूपमा आएका परिवर्तनले योभन्दा फरक मान्यताको माग पनि समाजमा देखिदै आएको छ ।  व्यक्तिमा साक्षर र बौद्धिक सम्पन्नता पनि आयो ।  त्यसबीचमा केही अधुरा पक्ष पनि देखापर्न थाले ।  जसलाई सम्बोधन गर्नुपर्दा ‘व्यावहारिक शिक्षा’ भन्न थालियो ।  अहिले नीतिगत होस् या अन्य तहमा– व्यावहारिक पक्ष समेट्न नसकेको शिक्षा फलदायी भएन भन्ने आवाज उठ्नथालेका छन् ।  हाल हामीले दिँदै, लिँदै आएको शिक्षा र यसको स्तरले व्यावहारिक रूपमा योगदान दिन सकेको पाइएन ।  जसबाट शिक्षाको विकास भयो तर व्यवहारमा भने सप्रिएन ।  मान्छेको व्यवहारमा भने शिक्षाको योगदान देखिएन ।   
व्यावहारिक शिक्षाका प्रसङ्ग उठाउँदा अब कस्तो शिक्षा चाहिन्छ त ? यसका विभिन्न पाटा छन् ।  व्यावहारिक शिक्षाका कुरा उठाउँदा हामीले खासगरी यौन शिक्षाका कुरा अगाडि आउने गरेको छ ।  त्यसरी हामीले दिँदै आएको यौन शिक्षाका सामग्रीले अहिलेसम्म आफूलाई चिन्नेखालका विषय मात्रै भए भन्ने अहिले आउनथालेका छन् ।  किशोर किशोरीले आफ्नो स्वास्थ्यप्रति सुसूचित भई सचेत बनेर आफ्नो भविष्य सरल बनाउन सकून् भन्ने चाहनाले सानै उमेरदेखि विद्यालयका पाठ्यक्रममा अध्ययन सामग्री राखेर शिक्षा दिँदै आएको छ तर समय, परिस्थिति र सामाजिक रूपमा आएका परिवर्तनले व्यक्तिमा साक्षर र बौद्धिक सम्पन्नता आयो ।  तापनि यौन शिक्षामा व्यावहारिकताको पक्ष भने कमजोर बन्यो ।   त्यसबीचमा केही अधुरा पक्ष देखापर्न थाले, जसलाई अहिले सुधार गर्न यौनिकता शिक्षा भनेर सम्बोधन गर्दै पाठ्यक्रममा परिमार्जन गरी व्यावहारिक रूप दिनुपर्छ भन्ने सोच अगाडि ल्याइएको छ ।
आखिर के हो त यौनिकता शिक्षा र यसले कसरी व्यावहारिक रूपमै परिवर्तन ल्याउन सक्छ
त ? यो हाम्रा लागि बुझ्नैपर्ने पाटो हो ।  स्वास्थ्यका सवालमा उपयुक्त पाटो भनेको किशोर किशोरी अवस्थामा आवश्यक पर्ने शिक्षाबारे उचित सम्बोधन हुनु र यथोचित शिक्षा पाउनसके उनीहरूको भविष्य सरल र स्वस्थ बन्न जान्छ ।  यही पक्षलाई ध्यानमा राखेर सन् १९९४ को जनसङ्ख्या तथा विकास सम्मेलनले तय गरेको किशोर किशोरीमा यौन शिक्षा जीवनका लागि महŒवपूर्ण बन्नेछ ।  जसअनुरूप
पाठ्यक्रममा नै यौनिकतासम्बन्धी यौन शिक्षाबारे सामग्री राखियो ।  जसमा परिवार स्वास्थ्य शिक्षा, प्रजनन् स्वास्थ्य शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा, जीवन उपयोगी स्वास्थ्य शिक्षा, यौन सम्बन्ध तथा बृहत यौनिकता भन्दै नयाँ शिक्षा भन्ने अवधारणा आयो जसलाई यौनिकतासम्बन्धी शिक्षाका रूपमा हेरिएको छ ।  
खासगरी हेर्ने हो भने यौन र यौनिकताका विषयमा समाज र व्यक्ति अनुरूप फरक धारणा हाम्रो समाजले राख्ने गरेको छ ।  लिङ्ग, लैङ्गिक पहिचान, भूमिका र यौनसम्बन्ध तथा व्यवहारका कुरा उठाउँदा विविध कारणले फरक देखिएको छ ।  हरेकले यौन र यौनिकताका विषयलाई बुझ्न सक्ने बनाए यौनजन्य व्यवहार, समस्या र अपराधबाट समाजलाई टाढा रहन सक्ने यौनिकता शिक्षाले बनाउन सक्ने व्यावहारिक रूप नै आजको माग बनेको छ ।  हाल समाजमा देखिएका कतिपय विकृति र मुद्दाका प्रकृति हेर्दा यौनिकताका पक्षसँग जोडिएका प्रशस्त पाइन्छन् ।  जसले हाम्रो व्यावहारिक पक्ष कमजोर बनाउँदै लगेको छ ।  
हालसम्मको शिक्षाले दिन नसकेका पक्षलाई समेटेर तयार पारिएको अवधारणामा यौनिकता शिक्षा अन्तर्गत लैङ्गिकता, हिंसा, नागरिकको यौन अधिकार, आनन्द वा मनोरञ्जन, विविधता, सम्बन्ध जस्ता विषयलाई समेटर पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने सोच अहिले अगाडि आएको छ ।  जसमा यौनिकता शिक्षाले व्यक्तिको भावना, सोच, आवश्यकता तथा यसले हाम्रो व्यावहारिक जीवनमा ल्याउने परिवर्तन, सुखी तथा आनन्ददायी परिवारको परिकल्पना, जीवनलाई सुखमय बनाउन सहयोग पु¥याउने खालका सामग्री नै हाम्रा पाठ्यपुस्तकभित्रका अध्ययन सामग्रीले यौनिकता शिक्षालाई व्यावहारिक रूपमा परिवर्तन ल्याउन सक्छ भन्ने अवधारणा यौनिकता शिक्षाले राखेको छ ।  
हालसम्म सरकारले कक्षा ५ देखि माथिकालाई यौनसम्बन्धी शिक्षा दिँदै आएका छ र त्यो  शिक्षाको प्रभाव कस्तो रह्यो भनेर हेर्दा कतिपयमा शिक्षकको अध्यापन गर्ने शैलीमा पनि भर पर्ने गरेको पाठ्यक्रम विकास केन्द्रको अध्ययनमा पाइएको छ ।  पाठ्यक्रम विकास केन्द्रका अनुसार स्थलगत अध्ययन र शिक्षकहरूको तालिम तथा पढाइको अवस्थाको अनुभव साटफेर गर्दा कतिपय स्कुलका शिक्षकले यौन शिक्षासम्बन्धी अध्ययन राम्रोसँग गराएका ठाउँमा शरीरको सरसफाइ, स्वास्थ्यसम्बन्धी ख्याल राख्ने, आफ्नो स्वास्थ्य अवस्थामा जानकारी राख्न चाहने भई प्रभावकारी देखिएको छ ।  कतिपय विद्यालयमा  शिक्षककले आफै पढ्नुस् भनेर छोड्ने गरेकाले विद्यार्थीमा खासै ज्ञान प्राप्त भएको देखिएन ।   
पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक सरला पौडेलले अहिले पाँच कक्षादेखि मात्रै यौनिकता शिक्षासम्बन्धी पाठ्यसामग्री राखिएको छ ।  अब भने परिचय जस्तो रूपबाट सानै कक्षादेखि राख्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।  उहाँले समयानुकूल बनाउँदै लानुपर्छ भन्ने धारणा बनाइएको जानकारी दिँदै थप्नुभयो– ‘कम्प्रिहेन्सिभ सेक्सुवालिटी कन्टेन्ट केही छन्, समयानुकूल परिवर्तन गर्दै लाने तयारी गर्दैछौँ । ’
उपनिर्देशक सरला पौडेलले विगतको पाठ्यक्रमलाई परिमार्जन गरी कक्षा ९ र १० मा २०७३ को शैक्षिक शत्रदेखि केही कन्टेन्ट थपिएको जानकारी दिनुभयो ।  स्वास्थ्य अधिकारका सवालमा किशोर किशोरी अवस्थामा आवश्यक पर्ने शिक्षा सम्बोधनका लागि पाठ्यक्रममा व्यवस्था गरिएका अध्ययन सामग्री उचित तालिम, शिक्षकको अभावका कारण डेलिभरी पाटो भने केही कमजोर नै रहेको केन्द्रको आँकलन छ ।  किशोर किशोरीले यथोचित शिक्षा पाउनसके उनीहरूको भविष्य सरल र स्वस्थ बन्न जान्छ ।  यसले एकातिर उनीहरूमा यही उमेरदेखि नै शिक्षा दिँदा व्यावहारिक क्षेत्रको परिकल्पनाबाट प्रेरित भएर शिक्षाको उज्यालो बाँड्न सक्नुपर्छ भने अर्कातिर अहिले व्यवहारमा खट्किएको, सामाजिक रूपमा समस्या बन्दै गएका र आपसी सुझबुझको अभावमा व्यवहारमा प्रत्यक्ष अप्रत्क्ष्य रूपमा देखापर्दै आएका समस्यालाई आपसी रूपबाटै सल्टाउन सक्ने खालको शिक्षा दिएर व्यावहारिक खालको बनाउन आवश्यक छ ।   
यौनिकता शिक्षा मानव जीवन र सृष्टिका लागि अपरिहार्य विषय हो ।  अहिले महिला तथा स्वास्थ्य अधिकारको रक्षा, सुन्दर र सुखी घर परिवारको कल्पना, शारीरिक आवश्यकताको परिपूर्ति, विकृति र विसङ्गतिरहित समाजको परिकल्पनामा व्यावहारिक यौनिकता शिक्षाको योगदान रहनसक्छ भन्ने मान्यता यौनिकता शिक्षाको व्यवस्थाले राखेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना