लक्ष्मणपुर बाँध सिर्जित विनाश लीला

champhasing bhandariचम्फासिंह भण्डारी



‘हरेक वर्षात्को सिजनले यहाँका बासिन्दाको जीवन जोखिममा छ, जमिन निरन्तर रूपमा नदी कटानमा सकिँदै गएको छ र धनजनको क्षति निरन्तर जारी रहँदा पनि कुनै दीर्घकालीन समाधान छैन, विनाशको सिलसिला कहिले र कसरी रोकिएला ? सोच्न सकिएको छैन बाँकेका होलिया गाविस खडैचाका रामगोपाल बर्माको भनाइ हो यो । ’
भारत सरकारद्वारा निर्माण गरिएको लक्ष्मणपुर बाँध र त्योसँगै निर्माण गरिएको २२.५ कि.मी. लामो कलकलवा तटबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीत छ भन्ने कुरा नेपाल सरकार र स्थानीय समुदाय सबैलाई थाहा छ ।
नेपाल–भारत सीमासँगै जोडेर भारतले राप्ती नदीमा
सन् १९८१ मा सुरु गरी सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध निर्माण गरेको देखिन्छ भने आर्थिक वर्ष १९९९–२००० मा २२.५ कि.मी. कलकलवा एफलक्स बण्डको निर्माण काम सकिएपछि बाँके जिल्लाको पाँच वटा गाविसहरू होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहियामा डुबान र कटान समस्याबाट पीडित छन् ।  
लक्ष्मणपुर बाँध र यसको २२.५ कि.मी. लामो कलकलवा एफलक्स बण्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती पांँचवटा गाविसका पन्ध्र हजार बासिन्दा हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन् ।  नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट तीनदेखि पाँचसय मिटरसम्म मात्र को दुरीमा कलकलवा एफलक्स बण्ड निर्माण गरिएको छ र नेपाली भूभागबाट बग्ने साना ठूला खोला र खहरेहरूलाई प्राकृतिक रूपमा बग्ने पानीको अवरोध सिर्जना भएको र राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने दीर्घकालीन उद्देश्यका साथ २२.५ कि.मी लामो कलकलवा एफलक्स बण्ड निर्माण गरिएको र नेपालबाट यसको व्यापक विरोध हुन थालेपछि उक्त एफलक्स बण्डलाई बाँध जोड्ने बाटोको रूपमा परिणत गरिएको छ ।
भारतद्वारा अन्तर्राष्ट्रिय नियम र प्रचलनको उल्लङ्घन गरेर निर्माण गरेको यही कलकलवा एफलक्स बण्डका कारण नेपाली भूभागका पाँच वटा गाविसमा पन्ध्र हजारभन्दा बढी नेपाली जनताहरू हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन् ।  राप्ती नदी नेपाल हुँदै भारत गएको हो र भारत प्रवेश गर्ने वित्तिकै नहर बनाएर राप्तीको पानी उपभोग गर्ने एकलौटी अधिकार भारतलाई छैन ।  अन्तर्राष्ट्रिय मान्यता अनुसार सीमाबाट आठ कि.मी को दुरीसम्ममा त्यस्तो संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनै पर्छ तर राप्तीको बाँध निर्माणमा भारतीय पक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन र दशगजाबाट कलकलवा बाँधको दुरी आधा कि.मी भन्दा पनि कम छ ।  लक्ष्मणपुर बाँध पनि दशगजा क्षेत्रबाट चार कि.मी. भन्दा बढी दुरीमा छैन ।  त्यसैले त्यहाँ नेपालको हक त मिचिएकै छ त्यसले नेपालका पाँच वटा गाविसका ३३ गाउँलाई नै डुबाउने काम गरेको छ ।
आफ्नो एकलौटी निर्णयद्वारा उत्पन्न यो समस्या समाधान गर्ने जिम्मेवारीबाट भारत पन्छिन पाउँदैन ।  यो समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकार समक्ष आफ्नो अधिकार मिचिएको र यो भारत सरकारको मिचाहा प्रवृत्तिलाई सच्याउँदै तत्काल क्षतिपूर्तिका लागि माग गर्नुपर्छ भन्ने स्थानीय बाढी पीडित जनताहरूको जोडदार माग रहेको छ ।
आर्थिक वर्ष १९९९–२००० मा २२.५ कि.मी. कलकलवा एफलक्स बण्डको १३ कि.मी.को निर्माण काम समापन भएपछि बाके जिल्लाको पाँच वटा गाविसहरू (होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहिया) मा डुबान समस्या अत्याधिक भएको छ ।
एफलक्स बण्डको लम्बाइ २२.५ कि.मी. बण्डको माथिको चौडाइ पाँच मिटर र सरदर बण्डको उचाइ पाँच मिटर छ ।  राप्ती नदीको बहाव कम्दी गाविसको सिधिनियाघाटदेखि होलिया गाविससम्म उत्तर दक्षिणतर्पm बगी होलिया गाविसमा एक्कासि मोड लिई पश्चिमदेखि पूर्व–दक्षिणतिर बगेकोले नदीले पश्चिमतिरको जग्गामा कटान गरी डुबान समस्यालाई सधैँ बल्झाएको छ ।
 कलकलवा बण्डले गंधेली र सोतिहिया नालाको प्राकृतिक बहाव थुनिएकोले यसको क्याचमेण्ट क्षेत्रको वर्षात्को पानी पहिलेझैँ बग्न नसकी बण्डको माथितर्पm पानी जम्मा हुन्छ र डुबान समस्या एक दुई दिनदेखि एक हप्तासम्म देखिन्छ ।  
शिक्षक नेरा प्रावि कृषि चौफेरी होलिया बाँकेका अब्दुल मुसलिल खां भन्नुहुन्छ– ब्यारेज बन्दा केही समस्या थिएन ।  पछि अर्को कलकलवा ड्याम बाँधेपछि हाम्रो बस्ती डुबानमा पर्दै आएको छ ।  सयौँ घर नष्ट हुने, घरभित्रको वर्ष दिनभरिका लागि भण्डारण गरिएको खाद्यान्न नष्ट हुने, पशुपक्षी सबै मर्ने वा डुब्ने, जग्गा कटान हुँदै जाने, एकातिर राप्तीको कटान अर्कोतिर बण्डका कारण सिर्जित डुबानले हामी वर्षात्मा समयमा धेरै ठूलो समस्यामा पर्छौं र हाम्रो सरकार, विभिन्न सङ्घ संस्थाहरू डुबान भइसकेपछि दर्गुछन् तर अरू बेलामा आएर योजनाबद्ध रूपमा कसैले हाम्रो मागको बारेमा ध्यान दिँदैनन् ।
बेतहनी गाविस, बाकेका जगदीशप्रसाद यादव लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले निम्त्याएको विनाशबारे बताउँदै भन्नुहुन्छ–जग्गा कटान हुँदै गएको छ ।  पहिले धेरै जग्गा हुनेहरू पनि अहिले सुकुम्बासी हुने अवस्थामा पुगेका छन् ।  घरमा राखेको अन्न सधैँ डुबेर नष्ट हुन्छ ।  डुबानमा पर्दा अधिकांश कच्ची घरहरू नष्ट हुन्छन् र पशुपालन सबै समाप्त हुन्छ ।  बाढीको समयमा शुद्ध खानेपानीको अभावमा मानिसहरू बिरामी पर्ने र रोग महामारीको आतङ्क सिर्जना हुन्छ ।  विषालु खालका सर्पहरू देखिन्छन् र बालबालिका र महिलाहरूको विचल्ली हुन्छ ।  

यादवको विचारमा २०५२ सालदेखि कलकलवा बण्ड बाधियो तबदेखि नै गाउँमा डुबान हुने सुरु भयो र राप्ती नदीले कटान पनि बढी गर्न थाल्यो ।  अहिलेसम्म निरन्तर बस्तीतिर राप्ती नदी पसिरहेको छ र नदी नियन्त्रणको कुनै काम पनि प्रभावी भएको छैनन् ।  मानिसहरू बग्न थालेपछि हेलिकप्टर चढेर आउँछन सरकारी निकायहरू ।  यो बस्ती सुरक्षित स्थानमा सारेर पुर्नवास गराउने, पक्की घर निर्माणका लागि सहयोग गर्ने, भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत बनाएको बाँधको क्षति भारतबाट माग्ने र नेपाली जनताहरूको क्षतिको क्षतिपूर्ति दिलाउने तर्पm नेपाल सरकारले काम गरेकै छैन ।  
होलिया खडैचा, बाँकेका रामकुमार बर्मा भन्नुहुन्छ– नेपाल सरकारको कामै छैन  ।  भारतसँग आफ्नो कुरा नै राख्न सक्दैन ।  भारत सरकारले त्यत्रो अन्तर्राष्ट्रिय कानुन मिचेर बाँध बनाएको छ ।  त्यही बाँधले यहाँका बीसौँ हजार जनता सधैँ डुबानमा पर्ने र हजारौँ हेक्टर खेतीयोग्य जग्गा कटान हुँदै गइरहेको छ तर नेपाल सरकार भारतका गल्तीका सामु बोल्नै नसक्ने भएको छ ।  किन यस्तो हुन्छ ? बुझिनसक्नु भएको छ ।  
भारतद्वारा निर्माण गरिएको कलकलवा तटबन्ध निर्माण गरी राप्ती नदीलगायत नालाहरूको पानी एकत्रित गरी लक्ष्मणपुर ब्यारेजमा लैजाने र ब्यारेजबाट पूर्वतर्पm नहर प्रणालीद्वारा सिंचाइका लागि निरन्तर पानी लैजाने र ब्यारेजभन्दा माथिका राप्ती नदीका दायाँ किनाराका भारतीय गाउँहरूलाई सधैँ डुबाउने बगाउने गाउँहरूलाई सुरक्षित पार्ने रहेको छ ।  राप्ती नदीको बहाव भविष्यमा कुनै पनि बेला फेरिन सक्ने र तलको लक्ष्मणपुर बाँधको प्रयोजन सिंचाइलाई प्रभावित गर्न सक्ने उसको गहिरो प्राविधिक अध्ययनका आधारमा उसले राप्तीको बहाव जतासुकै मोडिए पनि निरन्तर राप्तीको पानीलाई लक्ष्मणपुर बाँधको नहर प्रणालीमा लग्ने योजना अन्तर्गतको कलकलवा बण्ड निर्माण गरेको प्रस्ट छ ।
लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव राजकुमार शुक्ला भन्नुहुन्छ–रातमा बाढी आयो भने हामी सबै मर्छौं, पछि अध्ययन गर्न धेरै आउलान् तर पहिले काम गर्न कोही आउँदैनन् ।  हाम्रा माग सरकारले सुन्दैन ।  हरेक सरकारसँग हामीले निरन्तर भेटेर हार गुहार माग्दै आएका छाँै, सडकमा नारा लगाएका छाँै, सबै स्थानीय निकायदेखि सिंहदरबार र अन्तर्राष्ट्रिय समुदायलाई गुहारेका छाँै तर काम केही हँुदैन ।  हरेक वर्ष फेरी त्यही व्यथा दोहोरिन्छ ।  बाढीले विनाश गरेपछि चिनी र चिउरा बाँड्नु मात्रै आफ्नो दायित्व हो भन्ने मानसिकतामा बाँचेको हाम्रो सरकार भारत सरकारका सामु मुसाजस्तो व्यवहार देखाउँछ किन ? होइन भने नेपाल सरकारले आफ्ना जनताहरूलाई उठीबास गराउने भारत सरकारसँग क्षतिपूर्ति माग्नु पर्दैन ?
हरेक वर्ष हेलिकप्टरबाट उद्दार गर्नुपर्ने अवस्थाको दिगो समाधानका लागि कुनै पहल नहुने, बाढीले विनाश लीला सुरु गरेपछि चिउरा र चिनी बाँड्ने अवस्थाको अन्त गर्नका लागि या त सिंँगै त्यो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा पुर्नवास गराउने वा राप्ती नदी तटबन्धन कार्यलाई राष्ट्रिय गौरवको आयोजना निर्माण गरी त्यसको कार्यान्वयन नेपाली सेनाको जिम्मा लगाई पुरा गर्नुपर्ने राय सचिव शुक्लाको रहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना