जुम्लामा फौजी कुकुर ठेगान लगाइदै

जुम्ला, साउन १४ गते। यही साउन ११ गते राससमार्फत गोरखापत्रमा प्रकाशित ‘फौजी कुकुरको आक्रमणबाट सात दर्जन पशुको क्षति’ भन्ने शीर्षकको समाचारलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल फौजी कुकुर ठेगान लगाउने भएको छ ।

हिजो प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले कुकुर ठेगान लगाउने निर्णय गरेको हो । फौजी कुकुरले पु¥याएको क्षतिको समाचार सञ्चारमाध्यममा आएको र यहाँका स्थानीयवासीले तिनलाई मार्न दिएको निवेदनलाई कारबाही गर्न आकस्मिक निर्णय गरिएको प्रजिअ पण्डितले बताउनुभयो ।

“स्थानीयवासीको निवेदनमा मारिएका पशु चौपाया २५ र घाइते १० छन्, पहिचान नभएका दर्जनाँै पशुको क्षति भएको उल्लेख गरिएको छ” – उहाँले भन्नुभयो । स्थानीय किसानको पशुको क्षति कम गर्न र नगरवासीलाई कुकुर आतङ्कबाट मुक्त पार्न तीन दिनको समयावधि राखिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सुरुमा क्षति भएका पशु र स्थानको यकिन गर्ने र तयसपछि नगरवासीलाई आफ्ना घरपालुवा कुकुर घरमै सुरक्षित राख्न सूचना गरिने, तीन दिनभित्र छाडा अवस्थामा भेटिएका परिस्थितिलाई अध्ययन गरी आताङ्क मच्चाउने भुस्याहा कुकुरलाई मार्ने अभियान चलाइने भएको छ । यो अभियानमा पशु सेवा कार्यालय, चन्दननाथ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, किसान संलग्न रहने जनाइएको छ ।

विशेषगरी यी कुकुरले चन्दननाथ नगरपालिका वडा नं ३, ७ र ८ वडाका भण्डारीवाडा, छिना र महतगाउँका स्थानीयवासीका पशु चौपायामा बढी क्षति पु¥याएका छन् । रासस जुम्ला, साउन १४ गते। यही साउन ११ गते राससमार्फत गोरखापत्रमा प्रकाशित ‘फौजी कुकुरको आक्रमणबाट सात दर्जन पशुको क्षति’ भन्ने शीर्षकको समाचारलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल फौजी कुकुर ठेगान लगाउने भएको छ ।

हिजो प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकले कुकुर ठेगान लगाउने निर्णय गरेको हो । फौजी कुकुरले पु¥याएको क्षतिको समाचार सञ्चारमाध्यममा आएको र यहाँका स्थानीयवासीले तिनलाई मार्न दिएको निवेदनलाई कारबाही गर्न आकस्मिक निर्णय गरिएको प्रजिअ पण्डितले बताउनुभयो ।

“स्थानीयवासीको निवेदनमा मारिएका पशु चौपाया २५ र घाइते १० छन्, पहिचान नभएका दर्जनाँै पशुको क्षति भएको उल्लेख गरिएको छ” – उहाँले भन्नुभयो । स्थानीय किसानको पशुको क्षति कम गर्न र नगरवासीलाई कुकुर आतङ्कबाट मुक्त पार्न तीन दिनको समयावधि राखिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सुरुमा क्षति भएका पशु र स्थानको यकिन गर्ने र तयसपछि नगरवासीलाई आफ्ना घरपालुवा कुकुर घरमै सुरक्षित राख्न सूचना गरिने, तीन दिनभित्र छाडा अवस्थामा भेटिएका परिस्थितिलाई अध्ययन गरी आताङ्क मच्चाउने भुस्याहा कुकुरलाई मार्ने अभियान चलाइने भएको छ । यो अभियानमा पशु सेवा कार्यालय, चन्दननाथ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, किसान संलग्न रहने जनाइएको छ ।

विशेषगरी यी कुकुरले चन्दननाथ नगरपालिका वडा नं ३, ७ र ८ वडाका भण्डारीवाडा, छिना र महतगाउँका स्थानीयवासीका पशु चौपायामा बढी क्षति पु¥याएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना