बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

नगेन्द्र रार्इ

धनकुटा, साउन १४ गते । धनकुटा जिल्लाको परेवादिन गाँउ विकास समिति वडा नं ५ मा विहीवार दिउँसो भएको बस दुर्घट्नामा पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा सहित मृत्यु हुनेको सं.ख्या १३ पुगेको छ ।
   संखुवासभाको मुढेवाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ७३६६ नं को बस सडकबाट करिव पचास मिटर तल खस्दा घट्नास्थलमै सात जनाको र वाँकी छ जनाको उपचारको क्रममा वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले  जनाएको छ ।
 दुर्घट्नाको कारण थाहा नभएपनि तीव्रगतिर व्रेक फेल भई दुर्घट्ना हुन पुगेको धेरैको अनुमान छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काका अनुसार घट्नास्थमै मृत्यु हुनेमा पूर्व अर्थराज्य मन्त्री एवं नेकपामाओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धनकुटा जिल्ला अध्यक्ष हात्तिखर्क ५ का हरिराज खेवा लिम्वु, परेवादिन ७ का तारा वस्नेत र उहाँको चार वर्षीय छोरी रेष्मा वस्नेत, परेवादिन ५ का खिनदेवी भट्टराई, सुनसरी धरान २ का वेदप्रकास अग्रवाल, परेवादिन ७ कै अतिमाया तामाङ्ग र अन्य एकजनाको सनाखत हुन वाँकी रहेको छ ।
    यसैगरी उपचारको क्रममा मृत्यू हुनेमा बसका चालक धनकुटा जिल्ला वुढीमोरङ्ग ८ का सनम तामाङ्ग र तेह्रथुम फुलेक ६ का होमा पौडेल, लेगुवा गाँउ विकास समितिका तेजवहादुर थापा, मारेककटहरे वीरवहादुर काफ्ले रहनुभएको छ । यसैगरी उपचारको क्रममा मृत्यु हुने एकजनाको सनाखत हुन सकेको छैन ।  दुर्घट्नामा परी गम्भीर घाईते हुनुभएका २९ जनाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र एक जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ ।
बस दुर्घट्नामा परी गम्भीर घाईते हुनुभएका उपचाररत साविक भीरगाँउ गाँउ विकास समिति हाल धनकुटा नगरपालिका १२ का कमला पोख्रेलका अनुसार बस भित्र कोकोहोलो हुन थालेको र सवैले व्रेकफेल भयो भनेपछि आफू बेहोस् भएको वताउनुभयो ।
    यसैगरी बस दुर्घट्नास्थलवाट करिव एक सय मिटर तल रहेको सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल दिवेश खड्काका अनुसार एक्कासि ठूलो आवाज आएको र बस हेर्दा उडेको जस्तो देखियो । बसको हुट रुखमा र विजुलीको तारमा ठोकिएर माथि नै रह्यो तल बसको वाँकी भाग मात्र आईपुगेको उहाँले बताउनुभयो । तत्कालै विद्यालयका कक्षा नौ र दशका विद्यार्थी  लिएर उद्धार गर्न पुग्नुभएका खड्काका अनुसार घाईते यात्रुहरूले बस व्रेक फेल भयो भित्तामा ठोकाउनु भित्तामा ठोकाउनु भनेर भनेको वताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना