महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन १३ गते । अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्ग आज बिहानबाट अवरुद्घ भएको छ ।

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम सडकखण्डको मालिकार्जुनको पनेवाँजमा पहिरो खस्दा सडक अवरुद्घ भएको सवार यात्रु चन्द्रकान्त अवस्थीले राससलाई जानकारी दिनुभयो ।

अवरुद्घ सडक खुलाउन पहल भइरहेको बताइएको छ । पहिरोका कारण सडक राजमार्ग अवरुद्ध भएर यातायात पूर्णरुपमा बन्द हुँदा यात्रु अलपत्र परेका छन् ।

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा दार्चुलाबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी र दार्चुला सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारी साधन ठप्प भएका छन् ।

उक्त राजमार्ग पहिरोका कारणले बेलाबेलामा अवरुद्ध हुँदै आइरहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना