स्याफ्रूबेँसीमा पहिरो गएपछि चीनसँगकाे कारोबार ठप्प





धुन्चे , साउन ११ गते। पहिरोका कारण आज बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ ।

निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पु¥याएको छ । सामान लिन केरुङतर्फ जाँदै गरेका ५० भन्दा बढी कन्टेनर बीच सडकमा अलपत्र परेको बताइएको छ ।

वर्षाका कारण स्याफ्रूबेँसीदेखि रसुवागढीसम्म विभिन्न भागमा स–साना पहिरो जाने क्रम बढेको र पहिराकै कारण मेदानखुदुङमा बिजुलीको तार चँुडिएर टिमुरे रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार ठाडो भिरको पहिरो बढी जोखिमपूर्ण भएकाले सावधानीपूर्वक सडकको अवरोध हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना