लगातारको वर्षाले भक्तपुर र थिमि डुबानमा



भक्तपुर, साउन ११ गते। लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन् ।
मध्यरातिदेखि हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेको छ ।

त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन् ।

लगातार परेको वर्षाका कारणले भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग मङ्गलबार

डुबानमा परेका छन् । तस्बिर ः रमेश गिरी, भक्तपुर

सिद्धिस्मृति अस्पताल डुबानमा पर्दा लाखाँै बराबरको यान्त्रिक सामान र उपचार तथा विद्यालय डुबानमा पर्दा पढाइ प्रभावित भएको छ ।

हनुमन्ते खोला आसपासका क्षेत्र र ठिमी लगायत क्षेत्रमा पानी पसेर सडक र खोलाभन्दा चार फिटसम्म उचाइमा पानी गएपछि घरभित्र पानी पसेको छ भने आवतजावत समेत निकै प्रभावित भएको छ ।

नगरकोट सडक खुला
गए रातिदेखि पहिराले अवरुद्ध पर्यटकीयस्थल नगरकोट जाने सडक मध्याह्नदेखि खुलेको छ । त्यसैगरी सूर्यविनायक डोलेश्वर हँुदै आशापुरी जाने सडकमा समेत पहिरो गएपछि अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अविरल परेको वर्षाका कारण नगरकोट नगरपालिका– ११ मा गए राति तीन घर पहिराले पुरिएका छन् । वर्षाका कारण माथिबाट पहिरो आउने र तलबाट पहिरो जाने भएपछि राति १ बजेदेखि नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखा, स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेको रेडक्रस उपशाखाका सभापति एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछानेले बताउनुभयो ।
स्थानीयवासी नवराज लामिछाने, ईश्वरी लामिछाने र गणेश लामिछानेको परिवार बस्दै आएको टहरा समेत पहिराले पुरिएका छन् ।

पुरिएका घर र जोखिममा परेका घर तथा टहराका बासिन्दा र सामानको उद्धार गरी सुरक्षित स्थानमा राखिएको उहाँले जानकारी दिनुभयो ।

विशेष गरी सडक छेउ र भिरमा बनेका घर पहिराको उच्च जोखिममा परेको उहाँको भनाइ थियो । नगरकोट, चाँगुनारायण, सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकाका ग्रामीण क्षेत्रका धेरै ठाउँमा पहिरो गएपछि घरहरु उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण वज्राचार्यले अविरल वर्षाका कारण खोला बढेपछि खोला किनारका बासिन्दाको घरभित्र समेत पानी पसेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना