हेबेइ प्रान्तको आँधी र बाढीमा मर्ने व्यक्तिको सङ्ख्या ७२ पुग्यो


सिजाजुआङ्ग ,साउन ८ गते । चीनको उत्तरी प्रान्त हेबेइ परेको अविरलबर्षा र बाढीको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ७२ पुगेको छ ।

यस बर्षा र त्यसपछिको बाढीमा परी अन्य ७८ जना हराइरेहका नागरिक मामिला निकायले शनिबार जानकारी दिएको छ ।

सो आँधी र बाढी प्रभावित क्षेत्रबाट स्थानीय सरकारले करिब तीन लाख विस्थापित गरेको बताइएको छ ।

उत्तर र उत्तरपूर्वी चीनमा यस हप्ता भारी बर्षाले सताएको र यसबाट भारी सङ्ख्यामा धनजनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् ।

प्रान्तीय सरकारका अनुसार आँधी र बाढी प्रभावित सो क्षेत्रमा उद्धारकार्यको लागि एक करोड ५७ लाख अमेरिकी डलर बराबरको रकमको आवश्कता परेको छ ।

सो प्रकोप नियन्त्रणको लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मी खटाइएको समाचारमा उल्लेख गरिएको छ । रासस÷सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना