सात ठाउँमा ‘प्रवेश शुल्क’ दिनुपर्दा भारतीय पर्यटक खिन्न

महोत्तरी, मङ्सिर १० गते  । जनकपुरमा बिहीबार मनाइने रामजानकी विवाह महोत्सवमा सहभागी हुन भाडाका र निजी सवारीसाधनमा आउने भारतीय पर्यटक सात ठाउँमा प्रवेश शुल्क तिर्नुपर्दा खिन्न भएका छन् ।
    भिठ्ठामोड नाकादेखि जनकपुरसम्मको १० किलोमिटर यात्राका क्रममा सात ठाउँमा पर्यटक सवार भारतीय सवारीसाधानलाई जबर्जस्ती प्रवेश शुल्क तिर्न लगाइएको पीडितले बताएका छन् । प्रवेश शुल्कको रकमबारे कसैले बोल्न चाहेनन् ।
    जलेश्वर भन्सार कार्यालयमा सवारीसाधानको भन्सार शुल्क नेपालीमा काट्दा पनि उत्तिकै अङ्क बराबरको भारतीय रुपैयाँ असुल गरी ठगीसमेत गरेको देखिएको छ ।
    भिठ्ठामोडस्थित अस्थायी प्रहरी चौकी, जलेश्वर भन्सार कार्यालय, भन्सार राजस्व जाँच बिन्दु, जलेश्वरको रातो बाँध, खैरा चोक, जिरोमाइल, पिपरा बजारसहितका ठाउँमा सवारीसाधन जाँच गर्दै बिनारसिद रकम असुल गरिरहेको पीडितको गुनासो छ ।
    अहिले यो नाका हुँदै भारतीय पर्यटक बोकेको १०० भन्दाबढी बस र जिप जनकपुर पुगिसकेको बताइएको छ ।
जाँचमा कडाइ गरिएको सुरक्षा अधिकारीले स्वीकार गरेपनि प्रवेश शुल्कबारे अनभिज्ञता प्रकट गरेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना