फरक इतिहासकार पुष्पलाल

LOK Narayanलोकनारायण सुवेदी


नेपालको सन्दर्भमा स्व.पुष्पलाल श्रेष्ठलाई धेरै मानिसले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने एउटा संस्थापक महासचिव तथा सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध वाम तथा लोकतान्त्रिक शक्ति एकजुट पार्ने संयुक्त जनआन्दोलनको नीतिकार र आह्वानकर्ताको रूपमा मात्र प्रस्तुत गर्ने गरेको पाइन्छ तर यतिले मात्र उहाँको समग्र र सही व्यक्तित्व झल्किन्न ।  पुष्पलालको पनि सही किसिमले मँल्याङ्कन गरिएन भने देशको कम्युनिस्ट तथा लोकतान्त्रिक जन आन्दोलनको भविष्य नै खतरामा पर्नेछ ।  कम्युनिस्ट समाजको स्थापना र भविष्यप्रति अटुट निष्ठासहित नेपाली समाजको गतिशील अतित, वर्तमान र भविष्यलाई समेत राम्ररी बुझ्ने केलाउने र सही निष्कर्ष निकाल्न र अघि बढ्न मार्गदर्शन गर्न सक्ने दँरदर्शक र चिन्तक हुनुहुन्थ्यो पुष्पलाल !
नेपाली राजनीति र समाजको इतिहासबारेको दृष्टिकोण र व्याख्या अरू सबैखाले इतिहासविद्को भन्दा बेग्लै छ उहाँको ।  पुष्पलालकै शब्दमा ‘यथार्थ वस्तुस्थितिको आधारमा गरिएको वर्गीय विश्लेषणको निचोड’ को रूपमा आएको देखिन्छ ।  त्यसैले अरूले जस्तो नेपालको समग्र इतिहालाई पुष्पलालले वंशावली र घटनाहरूको विवरणको रूपमा रूपमा विल्कुलै हेर्नुभएन बरु यसलाई मानव जातिको जीविका के कसरी चल्दै आयो, जनताले के कसरी सङ्घर्ष गर्दै आए र त्यस जीविकामा के कसरी परिवर्तन हुँदै आयो भन्ने एउटा गतिशील र द्वन्द्वात्मक परिप्रेक्ष्यमा उहाँले नेपाली समाज विकासलाई हेर्ने र केलाउने काम गर्नुभयो ।  नेपालका एकथरी इतिहासकारले नेपालको इतिहास भेँडापालन, भैँसीपालन, गाईपालनदेखि सुुरु गरेर प्रस्तुत गर्छन् या अर्कोथरीले भारतको कुमाऊ गढवालतिरबाट यता नेपालतिर पसेका हिन्दु धर्मावलम्बीहरू, खस बाहुनहरू र पछि भारतकै चित्तौरगढतिरबाट आएका राजपँत क्षेत्री र बाहुनहरूले यहाँका आदिवासीहरूलाई सभ्यता, संस्कृति विकासको बाटोमा डो¥याए भन्ने गर्छन् ।  यी इतिहासकारहरूले चाहेर वा नचाहेर नेपाली समाजलाई बिजेता र पराजितरूपमा प्रस्तुत गरेर जातीय विद्वेषको बीऊ रोप्ने र मलजल गर्ने गरेका र गरिरहेका छन्, पुष्पलालले त्यसो गर्नुभएन, बरु त्यसको विरुद्ध रहनुभयोे ।  पुष्पलालले इतिहासलाई जनताको आजीविकाको सङ्घर्ष र सोचका आधार र त्यसमा परिवर्तन हुँदै जाने जीवन्त र परिवर्तशील गतिविधिका रूपमा हेरेर व्याख्या गर्नुभयो ।  यस सन्दर्भमा उहाँले लेखेको ‘नेपाली जनआन्दोलन ः एक समीक्षा’ एउटा ज्वलन्त र दँरगामी महìवको उद्धरणीय कृति हो ।
पुष्पलालले इतिहासका गलत परम्परागत अवधारणालाई सच्याएर यसलाई द्वन्द्वात्मक तर एकताबद्ध गतिशील विकासको रूपमा हेर्ने, व्याख्या गर्ने र प्रस्तुत गर्ने तथा त्यसमा रहेका समस्याहरूलाई समाधान गर्ने प्रक्रिया र पद्धतिको क्रममा हेर्नुभयो ।  उहाँले विभिन्न ऐतिहासिक तथ्य प्रमाणका आधारमा नेपालमा प्राचीन मातृसत्तात्मक समाज थियो भनेर पुष्टि गर्नुभएको छ ।  कालान्तरमा मातृसत्तात्मक त्यो समाज त्यस्तो कुनै उल्लेखनीय उथलपुथलविना नै बिस्तारै विघटनको सङ्घारमा पुग्यो र त्यसको ठाउँ पुरुष प्रधान समाजले लियो ।  यस क्रममा त्यसको आदि स्वरूप ग्रामीण कबिला समाज र त्यसको मुखियाको रूपमा देखाप¥यो ।  तिनै कबिलाका मुखियाहरू नेपालका राजतन्त्रका बीज थिए ।  तिनै कबिला मुखियाहरूको आपसी सङ्घर्षको क्रममा भुरे, टोले र टाकुरे राजाहरू देखापरे अनि ती भुरे, टोले र टाकुरे राजाहरूको परस्परको सङ्घर्षबाट नेपालमा बाइसे, चौबीसे आदि राज्य र रजौटाहरूको उदय भयो ।  तिनको पनि परस्पर सङ्घर्षबाट नेपालमा केन्द्रीय सामन्ती सत्ता राजतन्त्रको जन्म भएको हो र नेपालमा त्यसको नेतृत्व पृथ्वीनारायण शाहले गरेका हुन् ।  
समाज विकासको क्रममा यसको प्रगतिशील भँमिका देखिए पनि यो शोषणमा आधारित सामन्ती व्यवस्था अन्तत विघटन हुने र त्यसको ठाउँ नयाँ र त्योभन्दा भिन्न उन्नत व्यवस्थाले लिने वस्तुगत वर्र्गीय विश्लेषण पुष्पलालको छ ।  यसै आधारमा उहाँले नेपालको शाहवंशीय राजतन्त्रलाई ‘राजतन्त्रको अन्तिम दीपशिखा’ भनेर जुन विश्लेषण गर्नुभएको थियो आजको स्थितिले त्यसको पुष्टि गरेको छ ।  
यस परिपे्रक्ष्यमा पृथ्वीनारायण शाहको भँमिकाका बारेमा पनि पुष्पलालको दृष्टिकोण भिन्न छ ।  विभिन्न विद्वान्ले दक्षिणतिरको बढ्दो बिट्रिश साम्राज्यवादबाट नेपाललाई बचाउन र हिन्दु धर्मको पवित्रतालाई जोगाउन पृथ्वीनारायण शाहले सचेतरूपमा नेपालको एकीकरण अभियान चलाएका हुन् भन्ने गरेका छन् तर पुष्पलालले लेख्नुभएको छ कि पश्चिमका बाइसे चौबीसे राज्य र विशेष गरेर वागमती प्रदेशका काठमाडौँ, पाटन र भक्तपुरका तीन राज्यअन्तर्गत नेपालमा एउटा नयाँ व्यवसायी वर्ग उदाएको थियो र त्यस वर्गलाई एउटा विस्तृत राष्ट्रिय बजारको आवश्यक्ता थियो तर बाइसे चौबीसे राज्यहरूको आपसी कलहले गर्दा र ती राज्यहरूका आ–आफ्नै राज्य नियम कानुनले गर्दा उदाउँदो व्यवसायी वर्गको आवश्यकताको पँर्ति गर्न सम्भव थिएन र त्यो स्थिति सामाजिक प्रगतिको बाधक सावित भएको थियो ।  त्यसैले सामाजिक प्रगतिका लागि यो बन्धन तोडिनुपर्ने आवश्यकता थियो ।  यही नयाँ भौतिक परिस्थिति पृथ्वीवनारायण शाहको नेपालको एकीकरण अभियानको मुख्य आन्तरिक प्रेरणा स्रोत थियो ।  यद्यपि बाह्यरूपमा त्यो धर्मयुद्धकै रूपमा आएको किन नहोस् ।  त्यसैले नेपालको एकीकरणपछि उद्योगधन्दाको नयाँ युगको प्रारम्भ हुने उज्याला लक्षणहरू देखा पर्न थालिसकेका थिए तर त्यसपछिको राज्य नेतृत्व ओगट्न आएका सामन्ती सरदारहरूको कारणले गर्दा नेपाल साम्राज्यवादी शक्तिको चङ्गुलमा फस्न पुग्यो र नेपालको विकासका यावत बाटाहरू बन्द हुँदै आए ।  सामन्तवाद र साम्राज्यवादको यो आपसी गठबन्धनको बन्धक भएको नेपालको अर्थ–राजनीतिक अवस्था नै आजको नेपालको भयावह गरिबी, अभाव, पछौटेपनाको मँल कारण बन्यो र रह्यो ।  त्यसैले पुष्पलालले भन्नुभएको छ– सामन्तवाद र साम्राज्यवादको अन्त्य नै नेपाली समाजको उत्थान र प्रगतिको मँल बाटो हो ।  यही नै नयाँ जनवादी क्रान्तिको आवश्यकता र औचित्यको मँल आधार पनि हो ।
यस परिप्रेक्ष्यमा नेपालको राजनीतिक विकासको बारेमा पनि पुष्पलालको दृष्टिकोण भिन्न छ ।  केन्द्रीय सामन्ती सत्ता स्थापना भएपछि राष्ट्रिय पुनर्जागरणको साटो सामन्ती दरबारिया कलह बढ्दै गएर त्यस क्रममा आठपहरिया राणा जंगबहादुरले सत्ता कब्जा गरेपश्चात् राजनीति ‘ए’ क्लासका राणाहरूबाट ‘बी’ क्लासका राणहरूमा सर्न थाल्यो ।  अनि ती ‘बी’ क्लासका राणाहरूबाट भाइभारदार र तिनका नोकरचाकरमा राजनीति झ¥यो अनि नोकरचाकरबाट त्यो दरबारभन्दा बाहिर पनि पुग्न थाल्यो ।  बाहिर पुगेपछि राजनीति मध्यम वर्गको हातसम्म आइपुग्यो ।  त्यही मध्यम वर्गले नेपालमा प्रजातान्त्रिक आन्दोलनको आरम्भ ग¥यो ।  त्यो मध्यम वर्गको हातबाट पनि राजनीति अझ तल झर्दै व्यापक जनताको हातमा अर्थात् नेपाली मजदुर, किसानको हातमा पुग्ने आजको युगमा आइपुगेको छ भन्ने उहाँको विश्लेषण रहेको छ तर जबसम्म मध्यम वर्गको घेराबाट राजनीतिलाई मुक्त गर्न सकिंँदैन र त्यसैमा अल्झिरहन्छ त्यसबेलासम्म नेपाली राजनीति कुनै न कुनैरूपमा दरबारिया परिवृत्तबाट सम्पँर्णरूपमा फुत्किन सक्तैन र त्यसकै वरिपरी चक्कर काटिरहेको हुन्छ ।  त्यसले गर्दा परिवर्तनको बोध आम जनसमुदायसम्म पुग्न पाउँदैन भन्ने उहाँको विश्लेषण आजको स्थितिले प्रस्ट पारिरहेको छ ।  
त्यसैले व्यापक जनताका बीचमा राजनीति पदार्पण गर्नुपर्छ भन्ने मान्यता अघि सार्दै पुष्पलालले नेपालको सन्दर्भमा राष्ट्रियता र जनवादको बारेमा सार खिच्नुभएको छ– ‘लाखौंँ लाख झोपडीको एकता नै राष्ट्रियता हो र उनीहरूको हक हितको सुरक्षा नै जनवाद हो’ ।  यस दृष्टिकोणबाट हेर्दा पुष्पलाललाई नेपालमा वर्गीय तर जनकेन्द्रित राजनीतिको जनक भन्न कसैले हिच्किचाउनुपर्ने देखिँदैन ।  यो मँल्याङ्कनले वास्तवमा उहाँलाई न्याय मात्र गर्दैन, उहाँको क्रान्तिकारी विचारको रक्षा र विकास गर्न समेत मार्ग प्रशस्त गर्छ ।  नेपाली समाज परिवर्तनको सही दिशा र गति दिन पुष्पलालका यिनै महìवपँर्ण योगदानको रक्षा र विकासका लागि क्रान्तिकारी कम्युनिस्ट तथा सच्चा लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता बनेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना