कोशीटप्पु आरक्षमा अर्ना वृद्धि

jk yadavजयकृष्ण यादव




नेपालको सबैभन्दा सानो तर चर्चित आरक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष जैविक विविधतामा निकै ठँलो छ ।  यहाँ विभिन्न जीवजनावरसँगै विश्वमै दुर्लभ मानिएको जङ्गली भैँसी अर्नासमेत पाइन्छ ।  अर्नाको मँल बासस्थान रहेको र विभिन्न चराहरू पाइने भएकाले यसको छुटै विषेशता छ ।  
पछिल्लो राष्ट्रिय अर्ना गणना २०७२ (चैत २८ देखि ३०) को नतिजाअनुसार दुई वर्षको अवधिमा १०५ वटा अर्ना वृद्धि भएको छ ।  दुई वर्ष अघिको गणनाअनुसार ३२७ वटा अर्ना थिए, अहिले ४३२ वटा रहेको देखाइएको छ ।  अर्नाका लागि प्रसिद्ध यो आरक्षमा अर्नाको सङ्ख्या बढ्दै गएकाले आन्तरिक र वाह्य पर्यकटलाई भिœयाउन सकिने प्रवल सम्भावना रहेको संरक्षणकर्मीहरूको भनाइ पाइन्छ ।  आरक्ष स्थापनाकाल २०३२ सालमा कोशीटप्पुमा ६३ वटा अर्ना थिए ।  आरक्षमा ४० वर्षको अवधिमा सबैभन्दा बढी पछिल्लो दुई वर्षको अवधिमा १०५ वटा अर्नाको वृद्धि भएको छ ।  दुई वर्षमा यति धेरै अर्ना वृद्धि भएको यो पहिलो घटना हो ।  आरक्षमा बच्चा दिने अर्थात् प्रजननयोग्य अर्नाको सङ्ख्या बढ्दै गएको र चरिचरणमा आएको सुधारले अर्नाको सङ्ख्या बढेको देखिएको छ ।
वि.सं. २०३२ मा स्थापना भएको आरक्षको क्षेत्रफल १७५ वर्ग किलोमिटर छ ।  यस आरक्षमा घाँसे मैदान ६९ दशमलव ९, जङ्गल ४ दशमलव २, नदी र नदी तटीय क्षेत्र २५ दशमलव ९ प्रतिशत रहेको छ ।  
यस आरक्षको आसपास क्षेत्रलाई वि.सं.२०६१ मा मध्यवर्ती क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।  मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग किलोमिटर रहेको छ भने यहाँ नौ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरू रहेका छन् ।
अर्ना सङ्कटापन्न अवस्थामा पर्ने भए पनि नेपालको कोशीटप्पुमा राम्रो उपस्थिति छ ।  अर्ना पाइने देशहरू नेपाल, भारत, भुटान, कम्बोडिया, थाइल्याण्ड हुन् ।  अर्ना खास गरेर पानी नजिकको घाँसे मैदान, हरियो हराभरा र चरिचरणको क्षेत्रमा बढी पाइन्छ ।  अर्नामा भालेको प्रजनन योग्य उमेर १८ महिना र पोथी २ देखि ३ वर्ष रहेको मानिन्छ ।  यसले बढीमा ५ वटा बच्चासम्म जन्म दिन्छ ।
यसको गर्भाधारण अवधि १० देखि ११ महिनाको हुन्छ भने सरदर आयु २५ वर्षको हुन्छ ।  एक्लो भाले र बच्चासँगको पोथी आक्रमक स्वभावको हुन्छ ।  अर्ना चिनिने आधारहरूमा खुट्टा, घाँटी, पुच्छर, थुतुनोमा सेतो धर्सा हुन्छ ।  सिंगको आधारमा पोथीको फेदमा सामान्य तर लामो, टुप्पो सिन्दुरे रातो हुन्छ ।  एक वर्षभन्दा बढी उमेरको अर्नाको बच्चा खैरो र रातो हुन्छ भने एक वर्षको बच्चाको सेतो रौं हुन्छ ।  
अर्नाको दिगो संरक्षणका लागि रणनीति तयार गर्ने र प्रत्यक्ष गणना प्रक्रिया अपनाउने गरिएको छ ।  अर्ना गणनाका लागि सुनसरीको हरिपुर क्षेत्र, पश्चिम कुशाहा क्षेत्र, प्रकाशपुर क्षेत्र, सप्तरीको भागलपुर क्षेत्र, पत्थरी क्षेत्र, बदगामा क्षेत्रलाई ६ वल्कमा बाँडेर छुट्याउने गरिन्छ ।  अर्ना गणनामा बाइनाकुलर, क्यामरा, जि.पि.एस, अर्ना गणना फारम र फिल्ड डायरीको प्रयोग गरिएको पाइन्छ ।
वन विभाग तथा कोशीटप्पु वन्यजन्तु आरक्षले संयुक्तरूपमा गत चैत २८ देखि ३० गतेसम्म अर्ना गणना गरेकोे थियो ।  यस वर्षको अर्ना गणनाको तथ्याङ्कअनुसार १ वर्ष उमेरका अर्नाको बच्चा ८१ वटा, २ वर्ष उमेरका अर्नाका वच्चा ३५ वटा, अर्धवयस्क १४ वटा, वयस्क पोथी १८२ वटा, वयस्क भाले १२० वटा पाइएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।
आरक्षले अर्ना गणना प्रत्येक २ देखि ४ वर्षको अवधिमा गर्दैै आएको छ ।  सन् १९७६ को गणनाको आधारमा वार्षिकरूपमा अर्नाको वृद्धिदर ७.२७ प्रतिशतले बढ्दै गएको आरक्षले जनाएको छ ।
अर्ना गणनामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरू, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति, पँर्व मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय संरक्षणप्रेमीहरू, क्षेत्रीय वन निर्देशनालय, विराटनगर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष, भगवतीप्रसाद गुल्म र कोशीटप्पु आरक्ष तथा हात्तीसार लगायतको सहभागिता थियो ।
पँर्वी तराईको कोशी नदीको वराह क्षेत्रमा अवस्थित नेपालको पहिलो रामसार सँचीमा सँचीकृत यस कोशीटप्पु वन्यजन्तु आरक्षमा जीवजन्तु र जनावर बढ्ने क्रममा देखिन्छ ।  नेपालमा पाइने चरामध्ये सबैभन्दा धेरै प्रजातिका चराहरू (५ सय २ प्रजाति), जङ्गली हात्ती १० देखि ११ वटासम्म, सोस ७ वटा, मगरगोही ११ वटा, २०० प्रजातिका माछा, घडियाल, ओत, निलगाई, बदँेल, लगुना, चित्तल, गिद्ध, विभिन्न प्रकारका पानीहाँस, खरमुजुर, सिमतित्रा, सारस, गरुड, अजिङ्गर लगायतका वन्यजन्तुहरूको वासस्थान हो कोशीटप्पु ।  यो चरा अवलोकनका लागि प्रख्यात छ ।  विश्वको रामसार सँचीमा नेपालको पहिलो रामसार साइटसमेत रहेको कोशीटप्पु क्षेत्र संरक्षणको प्रचार प्रसारका लागि खुला पाठशाला र पर्यटनको एक महìवपँर्ण गन्तव्यसमेत मानिन्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना