जोखिमपूर्ण सेयर बजार

 Binod nepalविनोद नेपाल



वि.सं. २०७२ चैत मसान्तमा एक हजार ३८८ मा रहेको सेयर बजार लगातार बढ्दै आएकोमा गत सोमबार एक हजार ७८६ दशमलवमा पुग्यो ।  विनाशकारी भूकम्प, लामो समयको सीमा अवरोध तथा राजनीतिक अन्योल जस्ता परिस्थितिका बीच पनि सेयर बजारले नया“ कीर्तिमान कायम गर्नुमा अधिक तरलता र सेयरमा लगानीकर्ताको विशेष सक्रियतालाई कारक मानिएको छ ।  यसैगरी व्यावसायिक वातावरण बन्न नसकेको तथा अन्य क्षेत्रमा लगानीको सम्भावना नहु“दा छिटो नाफा हुने आशामा लगानीकर्ता यसतर्फ आकर्षित भएका पनि विश्लेषण गरिएको छ ।  
निश्चय नै संविधान आउनु सकारात्मक थियो तर एकातिर गठन भएदेखि नै सरकार परिवर्तनको हल्ला, अर्कोतिर अर्थतन्त्रका परिसूचकहरू सन्तोषजनक र समग्र अवस्था आशालाग्दो नभएकाले पनि सेयर बजार परिसूचक यसरी आकाशिनुपर्ने देखिँदैन ।  असार मसान्तसम्म असारको मुनाफा सुनिश्चित गर्ने र परस्पर गाभिन लागेका संस्थाहरूको सेयर मूल्यमा भविष्यमा हुनसक्ने वृद्धिको लाभ लिने सम्भावना थिए ।  त्यसबाहेक सेयर बजारले यसरी उचाइ लिनसक्ने अर्को कुनै कारण थिएन तर यो अझै पनि निरन्तर उकालो लागिरहेको छ ।  दैनिक दुई अर्ब बढीको कारोबार हुनु सामान्य होइन ।  लगानीकर्ताको बढ्दो चापका कारण साउन २ गतेदेखि कारोबार समय नै एक घण्टा बढाएको छ ।  
पु“जी वृद्धिको बाध्यकारी व्यवस्थाले बैङ्क वित्तीय संस्थालाई परस्पर गाभिन दबाब परेको छ ।  पुँजी बढ्ला तर त्यसबाट प्रतिफल कति आउँला त ? त्यो पनि सोच्नुपर्छ ।  के दुई अर्बको पु“जी हु“दा १५ प्रतिशत लाभांश दिइरहेको कुनै बैङ्कले आठ अर्ब पु“जी पुग्दा सोही अनुपातमा त्यसको चार गुणा बढी प्रतिफल दिन सक्ला ? पक्कै सक्दैन ।  यसैले अफवाह, हल्ला र हावाको पछाडि दौडने होइन कि सम्बन्धित संस्थाको वास्तविक अवस्था र भावी सम्भावनालाई समेत हेरेर लगानी गर्नुपर्छ ।  खेलाडीहरूले त अवसरका लाभ लिन सक्छन् तर साना र सोझा लगानीकर्ताले त्यस विषयमा राम्ररी शोधखोज गर्नुपर्छ ।   
पु“जी बजारमा जसरी दैनिक अर्बाैंको कारोबार हुनथालेको छ, त्यसले विभिन्न आशङ्का उत्पन्न गराएको छ ।  यसमा लगानी हुने गरेको धनको ठूलो हिस्सा कालो धन भएको अनुमान गरिएको छ ।  कालो धनलाई सेतो बनाउने प्रयास स्वरूप अवैध आर्जन तथा अवैध माध्यमबाट भित्रिएको धनलाई वैध बनाउने माध्यमको रूपमा प्रयोग गरिँदा पु“जी बजारको अस्वाभाविक उचाइ बढाउन सहयोग पुगेको धेरैको अनुमान छ तर त्यसलाई पुष्टि गर्ने आधार छैन न त त्यसको खोजीको प्रयास नै हुनसकेको छ ।  सरकारको पु“जीगत खर्च हुनसकेको छैन ।  निश्चित आय वर्ग मह“गीको चपेटामा परेका छन् ।  क्रयशक्ति नै कमजोर छ ।  यसैले तिनले ठूलो लगानी गर्ने सामथ्र्य नै छैन ।  विप्रेषण आयको ठूलो हिस्सा उपभोगमै खर्च हुने गरेको छ र विप्रेषण आय गर्ने जनसङ्ख्याको ठूलो हिस्सा सेयर बजारमा लगानी गर्ने वर्गमा पनि पर्दैन ।  यसैले यति धेरै रकम पुँजी बजारमा कुन स्रोतबाट कसरी आएको छ भन्ने प्रश्न स्वाभाविक र गम्भीर नै हो ।  
कतिपयले बैङ्कमा तरलता छ, लगानी गर्न सकिरहेका छैनन्, यसैले सेयर धितो कर्जा सहज ढङ्गमा प्रवाह गरिरहेका कारण पनि सेयर बजार यसरी बढेको हो भन्ने गरेका छन् ।  यसमा केही हदसम्म सत्यता छ तर हालै जारी मौद्रिक नीतिले यस्तो कर्जामा पनि केही कडाइ गरेको भए पनि त्यसको असर नदेखिनु आफैँमा आश्चर्य हो ।  यसैगरी बैङ्कको ब्याजदर कम भएकोले सेयरमा लगानी गर्ने आकर्षण बढेको पनि कतिपयको भनाइ छ तर यो बैङ्क निक्षेपस“ग तुलना हुने विषय होइन ।  किनकि खातामा रहेको रकम तरल हो भने सेयरलाई त्यसस“ग तुलना गर्न सकिँदैन ।  यसैगरी यसमा हुने जोखिम धेरै ठूलो हुन्छ जब कि बैङ्क निक्षेपमा सामान्यतः कुनै जोखिम नै हु“दैन ।  यसैले निक्षेपको ब्याजका कारण सेयरमा लगानी बढ्यो भन्नुमा कुनै तुक देखिँदैन ।
सेयर सूचकाङ्क निकै उक्लिएको र यो उचाइ अस्वाभाविक लागे पनि कतिपयले यसलाई बजार परिपक्व हुन खोजेको भन्ने गरेका छन् ।  आआफ्नै अर्थ लगाइए पनि पु“जी बजारको नियामक धितोपत्र बोर्डले लगानीकर्तालाई सजग हुन सुझाव दिँदै आएको छ ।  हाम्रो अर्काको देखासिकी गर्ने र हल्लाको पछाडि दौडने बानी छ ।  दिगोभन्दा पनि क्षणिक लाभ हेर्ने स्वभाव हाम्रो छ, यसैले विभिन्न प्रलोभनमा पर्ने र ठगिने गरेका छौँ ।  हालको पु“जी बजारमा टाठाबाठा र ठूला लगानीकर्ताले आफ्नो स्वार्थमा चलखेल गरी बजार बढाउने र सोझासिधा र नवप्रवेशी तथा साना लगानीकर्ता डुब्ने अवस्था आउन सक्छ ।
कम्पनीको वित्तीय अवस्था र भावी सम्भावना, राजनीतिक तथा नीतिगत स्थिरता, धितोपत्र बोर्डबाट लगानीकर्ताका हितमा चालिने कदम, सम्भावित लाभ आदि सेयरको मूल्य वृद्धिका आधार हुन्छन् तर हामीकहा“ यस्ता आधार वा तथ्यको विश्लेषणभन्दा पनि हल्लाको भरमा दौडने प्रवृत्ति नै हाबी छ, जसले सेयरको मूल्यमा अप्रत्यासित र अस्वाभाविक वृद्धि हुन्छ ।  मिलेमतोमा सुनियोजित तरिकाले मूल्य बढाउने र फाइदा लिनेहरू पनि छन् ।  यस्ताको चपेटामा पर्न पुगियो भने त्यतिखेर साना र नया“ लगानीकर्ताको बेहाल हुन्छ ।
पुँजी बजारमा लगानी सधैँ नै जोखिमपूर्ण हुन्छ ।  अझ हाम्रो जस्तो खास वर्ग र समूहले प्रभाव पार्न सक्ने बजारमा त यो झनै जोखिमपूर्ण हुन्छ ।  यसैले सोझासिधाले लगानीपूर्व विशेष सजगता अपनाउनुपर्छ ।  त्यसो त जोखिम नलिई लाभ प्राप्त हुनसक्दैन तर कसैले चलाएको हौवा वा अनुमानको आधारमा गरिने लगानीले फाइदाको लोभमा भएको पनि गुम्ने सम्भावना रहन्छ ।  अवसरको लाभ लिनसक्ने चतुरहरूले सोहीबमोजिम गर्ने वा एउटाबाट नभए अर्कोबाट लाभ लिनसक्ने र क्षतिपूर्ति गर्नसक्ने भएकाले त्यसो गर्न नसक्ने नवप्रवेशी सर्वसाधारण लगानीकर्ता यो हल्ला र अस्वाभाविक उछालमा विशेष सजग हुनुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना