दुई लाख ६० हजार भूकम्पपीडितसँग अनुदान सम्झौता

nepal_earthquakeकाठमाडौँ, साउन ७ गते ।  भूकम्पपीडितलाई आवास निर्माणका लागि रकम उपलब्ध गराउन अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको रकम  प्राप्त गर्नेको सङ्ख्या बढेसँगै गुनासो दर्ता गराउनेको सङ्ख्या पनि बढेको छ ।   
बिहीबारसम्म दुई लाख ६० हजार ८२८ भूकम्पपीडितसँग  अनुदान सम्झौता हुँदा एक लाख ३४ हजारभन्दा बढी गुनासो दर्ता भएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  त्यस्तै ३९ हजार ७०२ जनाको खातामा पहिलो किस्ताको ५० हजार रुपियाँ जम्मा भएको छ ।
भूकम्पपीडितको लगत सङ्कलनका क्रममा नाम छुटेको, एकै परिवारबाट छुट्टिँदाको अवस्थामा राहतबाट वञ्चित भएको, आवास निर्माणका लागि जग्गा आफ्नोे नाउँमा नभएको, घरको क्षतिको सही मूल्याङ्कन नभएको जस्ता गुनासा छन् ।  
दर्ता भएका गुनासामध्ये केही सामान्य र केही जटिल भए पनि क्रमशः सबै गुनासाको सम्बोधन हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।  सर्वेक्षणका क्रममा क्षतिका प्रकारलाई वर्गीकरण गर्दाका केही अस्पष्टता रहेका कारण पनि गुनासो बढी आएको उहाँको भनाइ छ ।  
भूकम्पले सामान्य क्षति पु¥याएको र मर्मत गरेर बस्न मिल्ने घरका लागि पनि सरकारले ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिसकेकाले अबका दिनमा गुनासा थपिने क्रममा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  तर, ५० हजार रुपियाँ कहिलेदेखि उपलब्ध गराउने भन्ने अझै निक्र्योल भएको छैन ।  त्यस्तै, प्राधिकरणले आवास, सम्पदा, पूर्वाधार पुनःनिर्माणका लागि टोल र बस्तीस्तरसम्म सामुदायिक पुनःनिर्माण समिति गठन गर्ने कार्यविधि तयार गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना