महाकालीमा बाढी उर्लियो, दोधारा–चाँदनी खतरामा



dodharaबाशुदेव भट्ट, कञ्चनपुर, साउन  ६ गते । महाकाली नदी दोधारा–चाँदनी गाँउ उर्लिने खतरा निकै बढेपछि स्थानीय चिन्तित भएका छन्  । केही दिनदेखि पहाडी जिल्लामा अविरल बर्षासँगै महाकाली नदीमा पानीको सतह बढेका कारण झण्डै डेढ दशक अघि निर्माण गरिएको दोधाराचाँदनी नगरपालिका–४ लोठीयाघाटको तटबन्ध भत्काएको हो ।
स्थानीय खडक रावलका अनुसार मंगलबार देखि तटबन्ध भत्काउन शुरु गरेको छ । एक सय मिटर तटबन्ध भत्काउनुका साथै दुई स्पर समेत बगाँउदा महाकाली दोधारा–चाँदनी गाँउ पस्ने खतरा बढेको छ । महाकालीमा अझै पानिको सतह बड्दै जाँदा नदिले उक्त ठाँउ भत्काएर गाँउ पस्ने निश्चित छ ।
झण्डै डेढ  दशक भन्दा अघि निर्माण गरिएको तारजाली खिईएका कारण पानीको स्पिडले तटबन्ध भत्काउन शुरु गरेको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयन नम्बर–७ का ईन्जिनियर करबिर सिह साउदले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरानो तारजाली खिईएर पानीको सतह घट्ने बेला नदीले सतहको माटो कटानी शुरु गरेकाले तटबन्ध भत्किएको हो । ईन्जिनियर साउँदका अनुसार तटबन्ध कार्यालयले आकस्मिक तारजाली उपलब्ध गराएर अस्थायी तटबन्ध निर्माण गरिरहेको छ ।
स्थानीय बासिन्दा , सुरक्षा निकाय र राजनीतिक दलहरूसितको समन्वयनमा महाकाली गाँउ पस्नबाट जोगाउन भत्किएको ठाँउमा अस्थायी तटबन्ध निर्माण भईरहेको छ । ‘स्थानिय, सुरक्षाकर्मीहरूको सहयोगमा हामीले रातभरी तटबन्ध निर्माण ग¥यौँ, उनले भने ‘हाललाई समस्या टरेको छ ।’ यस्तै भुजेला क्षेत्रमा समेत गत बर्ष निर्माण गरेको तटबन्ध भत्किएको छ ।
सम्बन्धित निकायको कमसल काम र निर्माण कम्पनीको लार्पबाहीका कारण तटबन्ध निर्माण भएको बर्षदिन पछि भत्किएको हो । भुजेला क्षेत्रमा समेत तटबन्ध भत्काउन शुरु गरेको छ । कमसल खालका निर्माण समाग्रीका कारण पनि भुजेला क्षेत्रमा एक स्पर बगाउनुका साथै तटबन्ध भत्काएको हो । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय दोधारा–चाँदनीका इन्चार्ज शंकर धामीले सुरक्षा निकायहरूले रातदिन तटबन्ध निर्माणमा जुटेको बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।
नेपाली सेना स्रोतका अनुसार मझगाँउ स्थित भवानी बक्स र भगतपुर स्थित सिङसादुकुल गणका सेनाका कर्मचारीहरू खटिएका छन् । यस्तै स्थानिय, माओवादी, एमाले काँग्रेसका नेता तथा कार्यकर्ताहरू समेत खटिएका छन् । सरकारी निकायको वेवास्ता र कमिसनका कारण महाकालीको समस्या कहिल्यै समाधान हुन सकेको छैन् । स्थानियहरूले महाकालीको गुरु योजना बनाएर वारिपारी पक्की तटबन्ध निर्माण गर्न माग गरे पनि सरकारी निकायको वेवस्ताका कारण अझैसम्म पनि कच्ची तटबन्ध समेत बलियो निर्माण कार्य हुन नसक्दा हरेक बर्ष स्थानीयलाई महाकालीमा पानीको सतह बड्दा चिन्ता बड्दै गएको छ ।
 महाकाली, दोदा नदी नियन्त्रणको मुख्य जिम्मेबारी पाएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय ७ का कार्यालय प्रमुख शिलानन्द यादवले गत आर्थिक बर्षमा तटबन्धले नौ सय मिटर तटबन्ध निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार महाकाली कटानको दीर्घकालीन रोकथामका लागि बनबासा पुलदेखि झोलुङ्गेपुलसम्म नयाँ योजना अनुसार तटबन्ध निर्माण हुनुपर्नेमा जोडदिए ।
भुजेला क्षेत्रमा भारतीय पक्षले पुलको ढोका खोल्दा पानीको स्पीडका कारण वर्सेनि कटानी भएको भन्दै त्यसको समेत नयाँ प्रविधिबाट तटबन्ध निर्माण आवश्यक रहेको बताए । महाकाली तटीय क्षेत्रका स्थानीयहरूले सरकारी लार्पबाहीका कारण आफूहरूको बा स्थान असुरक्षित रहेको गुनासो गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना