सहमतिको ढोका बन्द भएको छैन

Prakash Man Singhबिस्नप्रसाद न्यौपाने
कालिकोट माघ २८ गते । उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले संबिधान निर्माणका लागि प्रक्रिया अगाडी बढ्दैमा सहमतिको ढोका बन्द नभएको बताउनुभएको छ । कालिकोट जिल्लाको १८ औ जिल्ला परिषद उद्घाटन गर्न बिहिबार कालिकोट आईपुग्नुभएका मन्त्री सिंहले प्रेस युनियन कालिकोटले आज बिहान जिल्ला विकास समितिको रातोहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रसका महामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री सिंहले सरकारले संबिधान निर्माणका लागि प्रक्रिया अगाडी बढाउनु जनताहरुसँग सम्पूर्ण राजनीतिकदलहरुले गरेको प्रतिबद्धता कार्यन्वयन गर्न खोजिएको बताउदै बिपक्षि दलहरुले सडकमा गएर जति कराएपनि संबिधान सभाबाटै संबिधान जारी हुने बिस्वास दिलाउनुभयो । उहाँले दोस्रो जनआन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्नका लागि पनि संबिधानसभाबाट लिखित लोकतान्त्रीक संबिधान जारी गर्नुपर्ने बताउनुभयो । बर्तमान सहकारको पहिलो प्राथमिक्त संबिधानसभाबाटै जनमैत्री संबिधान जारी गर्ने रहेको जानकारी गराउदै उहाँले दोस्रा प्राथमिक्तामा मुलुकमा रहेका श्रोत साधनहरुको न्यायोचित परिचालन गरी विकासको गतिलाई तिब्रता दिने बताउनुभयो ।
कर्णालीमा अथाह विकासको सम्भावना हुँदा हुँदै पनि विकासले गति किन लिन नसकेको भन्ने पत्रकारहरुको जिज्ञासामा बोल्दै मन्त्री सिंहले बहुदल नआउदा पहिले कर्णालीको विकास हुन नसकेको र मुलुकमा बहुदलिय व्यवस्थाको थालनि सँगै कर्णालीमा विकासको मुल फुटेको बताउनुभयो । कर्णालीमा जल, जंगल, कृषि र जडिबुटीका हिसावले अथाह सम्भावनाहरु रहेको बताउदै मन्त्री सिंहले समग्र कर्णालीको विकासका लागि पहिलो प्राथमिक्ता यातायात सेवाको बिस्तारमा दिएको बताउनुभयो ।
कर्णाली एक सम्बृद्धशाली क्षेत्र हो, मन्त्री सिंहले भन्नुभयो, कर्णालीमा आएको बजेटको सही सदुपयोग हुन सकेमात्र पनि कर्णालीको विकासले दु्रत गति लिनेछ । कर्णाली दुर्गम क्षेत्रमात्र होईन, मन्त्री सिंहले भन्नुभयो मुलुकमा संबिधान जारी भएसँगै कर्णालकिो विकासले पनि थप गति पाउने छ । विविध प्राविधिक समस्याका कारण कर्णाली करीडोर निर्माणको जिम्मेबार नेपाली सेनालाई हस्तान्त्रण गर्ने तथा कालिकोटको भाग्यरेखा कोर्ने तिला १ र लिता २ हाईड्रो पावर निर्माणको प्रक्रिया अगाडि बढाउने कार्यमा ढिलाई हुन पुगेको बताउदै उहाँले विधिसम्वत् तत्कालै यसलाई अगाडी बढाउन आफुले पहल गर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष नगेन्द्र बिष्टको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पार्टी सभापती कालिबहादुर सहकारी, महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, महासमिति सदस्य हिक्मत बहादुर बिष्ट, अम्बबहादुर शाही, कांग्रेस युवा नेता दमनराज शाही प्रेस युनियनका केन्द्रीय सदस्य तथा कर्णाली अञ्चल संयोजक खगेन्द्र भट्टराई तथा जिल्ला स्थित सम्पूर्ण संचारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना