त्रिवि सेवा आयोगको अध्यक्षमा शर्मा





काठमाडौँ, साउन ६ गते । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसबमोजिम तीन वर्षका लागि उहाँलाई आज नियुक्त गर्नुभएको हो ।

यसअघिका अध्यक्ष प्रा डा ईश्वरचन्द्र दत्तको कार्यकाल सकिएपछि त्रिविका रसायनशास्त्रका पूर्व सहप्राध्यापक तथा पूर्व उपनियन्त्रक शर्मालाई नियुक्त गरिएको हो ।

विघटित उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष शर्मा मदन भण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख पनि हुनुहुन्छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना