चार शक्तिबीचको सहमतिमा संविधान

Baburam_Bhattaraiबासुदेव भट्ट

 

 

भीमदत्तनगर, २८ माघ । एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (एमाले) तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने बताउनुभएको छ । 

क्रान्तिकारी पत्रकार सङ्घले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले काँग्रेस र एमालेको नेतृत्वले परिवर्तन संस्थागत गर्न नचाहेकै कारण सहमति हुन नसकिरहेको आरोपसमेत लगाउनुभयो । 
प्रश्नावली समिति भङ्ग गर्न नसकिए स्थगन गरेर भए पनि प्रक्रिया रोक्न आग्रह गर्दै उहाँले एमाले, काँग्रेस वा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य जारी गरे आफूहरु वार्ता तथा संवादमा बस्न तयार रहेको बताउनुभयो । 

नेता डा भट्टराईले सबै राजनीतिक दलहरुले आ–आफ्नै अडानमा बसेपनि आधारभूत विषयमा सहमति गर्नुपर्नेमा जोड दिनुभयो । “चार शक्तिबीचको सहमतिमा मात्रै दिगो संविधान जारी हुन्छ ।” भट्टराईले भन्नुभयो– “प्रश्नावली समिति भङ्ग गर्न नसकेपनि स्थगत गरेर सहमतिको वातावरण मिलाउन पर्छ ।” 

एमाले अध्यक्ष ओलीप्रति व्यङ्ग्य गर्दै उहाँले नयाँ जंगबहादुर बन्ने सपना नदेख्न आग्रह गर्नुभयो । बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमा प्रत्यक्ष रहनुभएका गिरिजाप्रसाद कोइराला नहँुदा पनि सङ्कटमाथि सङ्कट आइरहेको उहाँको भनाइ थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना