अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

भोजपुर, साउन ६ गते । महिला तथा बालबालिका कार्यालय भोजपुरले आर्थिक वर्ष २०७२/७३ मा कुल ८४ जना अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ । कार्यालयले ‘क’ वर्गका १२ महिला र नौ पुरुष, त्यसैगरी ‘ख’ वर्गका १८ महिला र १८ पुरुषलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

त्यस्तै, कार्यालयले ‘ग’ वर्गका ११ महिला र आठ पुरुष तथा ‘घ’ वर्गका तीन महिला र पाँच पुरुषलाई परिचय पत्र वितरण गरेको कार्यालयले जनाएको छ ।

गएको वैशाखमा भोजपुरको दक्षिणी गाविस रानीबासको घोरेटारमा शिविर सञ्चालन गरी १६ महिलासहित २५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को भदौ महिनाबाट भने हरेक महिनाको १ देखि ५ गतेसम्म मात्र अपाङ्गता परिचय पत्र वितरण गर्ने जनाएको छ । कार्यालयले हालसम्म महिनाका सबै दिन परिचय पत्र वितरण गर्दै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना