सवारी दुर्घटनामा तीनको मृत्यु ३७ घाईते


अमरराज नहर्की, दमौली , साउन ५ गते । पृथ्वीराजमार्ग खण्डमा पर्ने तनहुँको दुई ठाउँमा बुधबार भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार पोखराबाट दमौली जाँदै गरेको ग १ ज ४३२५ नम्बरको जीप र विपरित दिशाबाट आउँदै गरेको ग १ ज २३०७ नम्बरको कार तनहुँको जामुने गाविस–३ मा ठक्करखाँदा दुई जनाको मृत्यु भएको छ भने दुवै तर्पmका गरी चार जना सख्त घाईते भएका छन् ।
मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौतारी–४ का वर्ष ४५ का देउबहादुर थापा र व्यास नगरपालिका–५ की वर्ष ५३ की मना थापा रहेका छन् । देऊबहादुरको को दमौली स्थित रत्नहरी अस्पतालमा र मनाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।  घाईते सबैको उपचारको लागि पोखरा लगिएको छ ।
    यसैगरी दमौलीबाट मुग्लिन जाँदै गरेको ध १ ग ४९५ नम्बरको बस र वितरित दिशाबाट आउँदै गरेको ना ५ ख ७९८४ नम्बरको ट्रक दिउँसो सवा दुई बजे ठक्कर खाँदा एक मृत्यु भएको भने २२ जना यात्रु घाईते भएका छन् । प्रहरीका अनुसार चालक गोरखा धुवाँकोटका वर्ष २७ का दीपक नहर्कीको मृत्यु भएको हो । चालक नहर्कीको दमौली अस्पतालमा उपचारको क्रमा मृत्यु भएको हो प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको स्थानिय अस्पतालमा उपचार भईरहेको  अधिकांशलाई थप उपचारको लागि पोखरा पठाईएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना