उपभोक्ताले धाराको पानी खान छोडे

मोरङ, माघ २८ गते । धाराको पानीमा कोलिफर्म नामक जीवाणु भेटिएपछि नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गर्दैआएको पानी उपभोक्ताले पिउन छोडेका छन् ।

पाइप दुलो पर्ने, पानी चुहावट हुने र ढलबाट फोहर मिसिने समस्याबाट खानेपानी प्रदूषित भएको पनि परीक्षण गर्दा कोलिफर्म देखिएकाले उपभोक्ताले खानेपानी पिउन छोडेका हुन् ।

विराटनगरका १, २, ३, ४, ७, १३, १४, १५, १६ नम्बर वडामा रहेका स्कुल, क्याम्पसका साथै अन्य उपभोक्ताले चापाकलको पानी प्रयोग गर्दै आएका छन् । निर्धक्क भएर पानी खान अझै पनि नसकेको उपभोक्तामञ्च मोरङका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ ।

संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारले संस्थानद्वारा वितरीत पानीमा सुधार आइसकेको भए पनि पानी उमालेर मात्र प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

उहाँले पाइप दुलो पर्ने र पानी चुहावट हुने तथा ढलबाट फोहर मिसिन जाने समस्याबाट संस्थान गुज्रिरहेको बताउनुभयो ।

आजभन्दा ३० वर्षअघिका पुराना पाइप जीर्ण भएकाले पाइप नफेरिकन समस्या समाधान नहुने प्रमुख रौनियारको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना