पहिरो विस्थापितलाई सामुहिक आवासमा राखिने


चन्द्र पन्दाक, ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङको उत्तरी तापेथोक गाउँ विकास समितिमा पहिरोका कारण विस्थापित भएकालाई अस्थायी आवासमा राखिने भएको छ । गएको शनिबार तापेथोक–८ स्थित सोत्लिमा गाउँमा पहिरो जाँदा विस्थापित भएका स्थानीय १२ परिवारलाई सामुहिक अस्थायी आवास निर्माण गरी राखिने भएको हो ।
शनिबार बिहान घैयाबारी भीरबाट झरेको पहिरोका कारण सोत्लिमाको लामाटार, जौबारी र हेकुले बस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दाहरू प्रहरी र स्थानीयको सहयोगमा आइतबार सोत्लिमाकै माथिल्लो भेग टारीमा सरेका थिए । सुरक्षित स्थल टारीमा सरेका १२ परिवारका ५२ जनाका लागि सोही ठाउँमा अस्थायी आवास निर्माण गरी व्यवस्थापन गर्न लागिएको ताप्लेजुङ जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।
सदरमुकाम फुङ्लिङबाट भने तत्काल पहिरोका विस्थापित बसेको स्थान तापेथोकको टारगाउँसम्म आवास निर्माणका लागि चाहिने सामग्री पु¥याउनसक्ने अवस्था नरहेको प्रजिअ पाण्डेले बताउनुभयो । पाण्डेले फुङ्लिङबाट सामान पु¥याउने अवस्था नभएपछि कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले लेलेपको लुङ्थुङमा हरितगृह निर्माण गर्न पु¥याएको पाल लगायतका सामग्रीलाई सम्बन्धित कार्यालयसँग समन्वय गरेर मङ्गलबार बिहान पठाइएको जानकारी दिनुभयो । सामग्री उहाँ पु¥याए लगत्तै प्रहरी र स्थानीय समेत जुटेर सामुहिक अस्थायी आवास निर्माणको कार्य सुरु हुने प्रजिअ पाण्डेको भनाइ छ ।
यसैबीच सोही पहिरोमा परी बेपत्ता बनेकी सोत्लिमा निवासी २८ वर्षीया मनिता राईको अवस्था अझै अज्ञात रहेको छ । शनिबार बिहान घर माथिबाट पहिरो बग्न थालेपछि अत्तालिएर भाग्ने क्रममा सोही पहिरोमा परी राई बेपत्ता बन्नुभएको थियो । चार दिन बित्दासमेत पत्ता लाग्न नसकेको राईलाई अब भने  भेट्नसक्ने सम्भावना न्युन रहेको स्थानीय बताउँछन् । उनलाई नजिकै बग्ने घुन्सा खोलामा पहिरोले पु¥याएर बेपत्ता बनाएको हुनसक्ने स्थानीयबासीको अनुमान छ । राईको खोजी कार्य भने भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना