तेतीस बर्षअघि आमा बेचिएको आशंकामा उजुरी


बाशुदेब भट्ट, कञ्चनपुर, साउन ४ गते । तेतिस बर्ष अघि आफ्नी आमा बेचेको भन्दै तीन महिलाले कैलालीका एक बृद्ध बिरुद्ध उजुरी दिएका छन् । २०४० साल साउनमा बेदकोट नगरपालिका–८ की गोमती बोहरालाई कैलाली अत्तरिया मल्लीचौकी बस्ने ६५ बर्षिय प्रेमराज पाण्डेले भारतमा बेचेको भन्दै छोरीहरूले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन् ।
गोमतीका छोरी शान्ता बोहरा (पोख्रेरल), बसन्ती भट्टले कार्बाहीका लागि उजुरी दिएका हुन् । उनीहरूले आफ्नी आमालाई औषधी उपचार गराईदिन्छु भन्दै प्रलोभनमा पारि भारतको पिलिभितमा बेचेको दावि गरेका छन् ।
त्यसबेला पाण्डेले सुडामा प्राथामिक उपचारको औषधी  पसल थापेका बेला आफ्नी आमा बिरामी भएपछि भारतमा राम्रो उपचार गराईदिने भन्दै पाण्डेले गायब गरेको गोमतीकी छोरी शान्ता बोहराले बताउनुभयो । ‘म १३ बर्षिकी थिए, आमा बिरामी हुनुभयो । पाण्डेको अस्पतालमा उपचार गर्न जानुहुन्थ्यो ।’ उहाँले भन्नुभयो ‘पाण्डेले बेहोस पार्ने औषधी दिएर आमालाई फकाए भारत लगेर गायब ग¥यो ।’
२०४० सालतिर पाण्डेले आफ्नी भारतीय मुलकी श्रीमतीको सहयोगमा उतै बिक्री गरेको छोरीहरूको दावि छ । तत्तकालीन राप्रपाका नेता विनोद विष्टलाई लगेर आफूहरू आमालाई खोज्नका लागि भारत गएपनि नभेटाएको शान्ताले बताउनुभयो । पाण्डेले आफ्ना बाबुसँग तपाईकी श्रीमती खोजिदिन्छु भन्दै एक विगाह जमिन मागेको समेत दावि छ् ।  
विस २०४७ सालमा बुवा नन्दराज बोहराको मृत्यु भएपछि मात्रै पाण्डे नेपाल आएको र पटक पटक सम्पर्क बिहीन हुने गरेको शान्ताले दावि गर्नुभयो । ‘हामीले २०४० सालदेखि नै पाण्डे बिरुद्ध प्रहरीमा उजुरी दिएपनि तत्तकालिन प्रहरीले खोजेर ल्याउने सहमती गरिदिन्थ्यो ।’ उहाँले भन्नुभयो। ‘तर पाण्डे  पटक पटक गायब हुन्थे ।’ पटक पटक आफैले पाण्डेलाई पक्र्ँदै प्रहरीलाई बुझाएपनि प्रहरीको वेवास्तका कारण पाण्डे मौलाएको उहाँको भनाई छ ।
पाण्डेले प्रहरी समक्ष खोज्ने राजि भएपनि पछि नखोज्ने गरेको शान्ताको गुनासो छ । न्यायका लागि आज हामी तिनै बहिनीहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आएको उहाँले बताउनुभयो । गोमतीकी माईली छोरी बसन्तीले भारतको पिलिभित अस्पतालमा आमा खोज्न गएका बेला त्याहाँका बासिन्दाले हामीहरूलाई तपाईकी आमाले रोटी पकाउने, भौंसी दुने गरेको तर आजभोलि यहाँ नभएको बताएपछि आफूहरू घर फर्केको बताउनुभयो ।
महिला अधिकारकर्मी शारदा चन्दले घट्नाक्रम बुझ्दा पाण्डेले महिलालाई बिक्री गरेको हुनसक्ने बताउनुभयो । ‘प्रहरीमा पाण्डेले पटक पटक खोज्ने सहमती गरेको छ ।’उहाँले भनिन् ‘यसबाटै थाहा हुन्छ की पाण्डेले बेचेको प्रष्ट भएको छ ।’ पाण्डेले भने आफूले नबेचेको दावि गरेका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पाण्डे र तत्तकालीन साँछीहरूलाई बोलाएको छ । उजुरी बारे प्रहरीले छानबिन गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता लालबहादुर बमले पीडित पक्षको माग आमा खोज्ने भन्दै दुवैपक्ष सहित सरोकारवाला मिलेर खोज्ने सहमती भएको बताउनुभयो ।
 पाण्डेलाई प्रहरी नियन्त्रणमै राखेर महिला खोज्ने सहमती गरेको छ । महिला पाएपछि महिलाको बयान अनुसार पाण्डे बिरुद्ध बेचबिखन तथा जिउमास्ने बिरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । हराएको झण्डै ३२बर्षपछी आमाको खोजी गर्दै महिलाहरूले प्रहरीमा निवेदन किन ? दिन लागेको भन्दै कञ्चनपुर प्रहरीले संका गरेको थियो । तिनै महिलाहरू कञ्चनपुर प्रहरी प्रमुख तुलसी प्रशाद अधिकारी सामु आँसु झादै घटना बारे बताएपछि कञ्चनपुर प्रहरी प्रमुखले घटनाको छानबिन गर्ने बचन दिनु भएको छ  ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना