विषादी सेवनले मृत्यु





बैतडी, साउन ४ गते । विषादी सेवनबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा बैतडी गाजरी– ८, सन्तडाका ४८ वर्षीय परमानन्द जोशी छन् ।

आज बिहान १० बजे घरमै विषादी सेवन गरी छट्पटाइरहेका बेला मृतकका भाइ राजेन्द्रले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जोशीलाई उपचारका लागि लैजाँदै गर्दा आज अपराह्न मृत्यु भएको हो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना