प्राधिकरणले तयार पा¥यो निर्देशिका

काठमाडौँ, साउन ३ गते ।  भूकम्पले क्षति पु¥याएका आवास, सामाजिक भवन तथा सम्पदाको पुनःनिर्माण तथा पुनःस्थापना कार्यमा आपसी सहयोग, सहकार्य तथा आलोपालोमा कार्य गर्नका लागि टोल र बस्तीमा सामुदायिक समिति गठन गरिने भएको छ ।  पुनःनिर्माण तथा पुनःस्थापना कार्यमा स्थानीयको सहभागिता तथा स्वामित्व अभिवृद्धि गराउने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सामुदायिक समितिसम्बन्धी निर्देशिका २०७३ तयार गरेको छ ।  Reconstruction-Authority
निर्देशिकाअनुसार, पुनःनिर्माण र पुनःस्थापनाका लागि कुनै पनि बस्ती वा टोलमा स्थानीयको भेला गरेर सोही भेलाले छनोट गरेको व्यक्तिको अध्यक्षतामा समुदायिक समिति गठन हुनेछ ।  समिति तीन जना महिलासहित पाँच जनाको हुने निर्देशिकामा उल्लेख छ ।  समितिमा एक सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।
यसरी गठन भएको समितिले समुदायका क्षतिग्रस्त आवास, सम्पदा, सार्वजनिक भवनलगायत अन्य पूर्वाधार निर्माणमा कार्यरत निकाय तथा सङ्घसंस्थालाई सहजीकरण गर्नुका साथै आएका गुनासा समाधानका लागि पुनःनिर्माण समन्वय समितिलाई आवश्यक सल्लाह, सुझाव दिन सक्नेछ ।  यस्ता समितिले स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी समितिको संस्थागत विकास क्षमता अभिवृद्धि, समुदायस्तरको सामाजिक तथा आर्थिक समृद्धिसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सक्नेछन् ।
त्यस्ता कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट प्राप्त स्रोत तथा सहायताको प्रभावकारी परिचालन गर्न पनि सक्ने निर्देशिकामा उल्लेख छ ।  निर्देशिकाले नगरपालिका वा गाविस तहमा पनि पुनःनिर्माण समन्वय समिति गठन गर्ने बताएको छ ।  यस्ता समितिमा सामुदायिक समितिका अध्यक्षको भेलाले छनोट गरेको एक संयोजक, महिलासहित दुईदेखि छ जना सदस्य, वडा नागरिक मञ्चका अध्यक्षमध्येबाट कम्तीमा एक जना महिलासहित समितिले छनोट गरेका दुई जना सदस्य रहने प्रावधान रहेको छ ।
यस्ता निकायले पुनःनिर्माण कार्यको कार्यप्रगति तथा वास्तविक अवस्थाका बारेमा सार्वजनिक सुनुवाइ गर्ने पनि निर्देशिकामा उल्लेख छ ।  यस्ता समितिले स्थानीयस्तरबाट आउने अधिकांश गुनासालाई स्थानीयस्तरबाट नै समाधान गर्न पनि सहयोग पुग्ने विश्वास प्राधिकरणले गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना