सरकारले संवैधानिक बाटो समाउने

som-prasad-Pandeकाठमाडौँ, साउन ३ गते ।  उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएकाले आर्थिक विधेयक पारित नभए मुलुक समस्यामा पर्ने बताउनुभएको छ ।  साथै, उहाँले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकारलाई अल्पमतमा प¥यो भन्दै राजिनामा माग्नु असंवैधानिक हुने बताउनुभयो ।  
मन्त्री पाण्डेले भन्नुभयो, “सरकार अल्पमतमा प¥यो भनेर भ्रम छर्नु राम्रो होइन, सरकारले संवैधानिक बाटो पाउने र आफू अनुकूल संविधानको व्याख्या नगर्न पनि मेरो आग्रह छ । ”  उहाँले आर्थिक विधेयक पारित नभएर सरकारमात्रै नभई मुलुक नै असफल हुनेसमेत बताउनुभयो ।  
रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले भन्नुभयो, “विधेयक पारित नहुँदा आज सरकारमात्रै होइन, सिङ्गो मुलुक नै अप्ठ्यारो स्थितिमा छ । ”
साथै, उहाँले प्रधानमन्त्रीले संसद् विघटन गर्ने हल्ला निराधार हो, हामी संविधानले निर्दिष्ट गरेको बाटोबाट एक इञ्च पनि तलमाथि गर्दैनौँ भन्नुभयो ।  
यसैबीच, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्दा मुलुकले निकास पाउने भएकाले सहमति गरेको बताउनुभएको छ ।  उहाँले राजनीतिक दलबीच तिक्तता रहे पनि संविधान कार्यान्वयन र पुनःनिर्माणका लागि मिलेरै अघि बढ्नुपर्छ भन्नुभयो ।
नयाँ सरकार बन्न कुनै संवैधानिक जटिलता नभएको स्पष्ट पार्दै नेता केसीले भन्नुभयो, “नयाँ सरकार संविधानको २९८ को धाराबमोजिम नै बन्छ, यसमा कसैले विवाद गर्नु राम्रो हुँदैन । ”
प्रधानमन्त्री अल्पमतमा परिसकेको दाबी गर्दै नेता केसीले ‘लोकतान्त्रिक विधि र प्रक्रियालाई सबैले आत्मसात् गर्नुपर्छ, प्रधानमन्त्रीले संवैधानिक विशेषाधिकार प्रयोग गर्दै संसद्मा अविश्वास प्रस्तावको सामना गर्न सक्ने बताउनुभयो ।
यसैगरी नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नयाँ सरकार बनाउने विषयमा कानुनविद्हरूको मत बाझिए पनि संविधानले त्यसबारेमा स्पष्ट व्यवस्था गरेको बताउनुभयो ।  उहाँले ‘संविधानको धारा २९८ बमोजिम नै नयाँ सरकार गठन हुन्छ’ भन्नुभयो ।
उहाँले आफूलाई लोकतन्त्रवादी ठान्ने प्रधानमन्त्रीले नैतिकता प्रदर्शन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको बताउनुभयो ।  उहाँले अहिलेको संविधानले संसद् विघटनको कल्पनासमेत गर्दैन, अहिले कुनै अधिनायकवाद र निरङ्कुशतन्त्र व्यवस्था होइन भन्नुभयो ।
नेता पुनले प्रधानमन्त्रीको विरुद्धमा संसद्मा अविश्वासको प्रस्ताव पेस भइसकेकाले सडकमा युवा उतारेर तमासा देखाउनु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।
नेता पुनले नीति तथा कार्यक्रम र बजेट आफ्नो पार्टीको सहमतिमै ल्याइएको उल्लेख गर्दै आश्रित विधेयक पारित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले एमाले दोस्रो ठूलो पार्टी भएको नाताले संविधान कार्यान्वयनलगायतका महìवपूर्ण मुद्दामा सहकार्य गर्दै अगाडि बढ्न आफ्नो पार्टी तयार रहेको जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना